काठमाडौं- सेन्चुरी कमर्सियल बैंकले कला तथा संगीत क्षेत्रमा आबद्ध भएका विभिन्न व्यक्तित्वहरुलाई खाद्यान्न सहयोग गरेको छ। विश्वव्यापी माहामारीको रुपमा फैलिरहेको कोभिड-१९ ले आर्थिक संकटमा रहेका कलाकारहरुलाई सहयोग गरेको हो।
नेपाल सांगितिक संघ र शम्भुजित संगीत घरको सहकार्यमा बैंकले कलाकारहरूलाई उक्त सहयोग गरेको हो। बैंकले यस विषम परिस्थितिमा मानविय सेवाका लागि तथा अन्य विभिन्न विपत्तिको अवस्थामा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको जनाएको छ।
बैंकले यस अघि कोभिड-१९ राहात कोषमा संघीय सरकारलाई ५० लाख रुपैयाँ र सातै प्रदेशलाई ५ लाख रुपैयाँको दरमा ३५ लाखसहित जम्मा ८५ लाख रुपैयाँ सहयोग गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।