काठमाडौं- स्मार्टफोन ब्राण्ड ओप्पोले एण्ड्रोइड १० मा आधारित आफ्नो अधिकारिक सञ्चालन प्रणाली कलर ओएस सेभेनका लागि रोलआउट प्लानको घोषणा गरेको छ। अप्रिल महिनादेखि नै ओप्पोका प्रयोगकर्ताहरूले कलरओएस सेभेनको आधिकारिक भर्जन प्राप्त गरिरहेका छन् भने रनो, फाइन्ड र ए सिरिजलगायत २० भन्दा बढी ओप्पोका स्मार्टफोन मोडलमा यो प्रयोगका लागि उपलब्ध हुने जनाइएको छ।
सन् २०१९ को नोभेम्बरमा घोषणा गरिएदेखि नै कलर ओएस सेभेनका लागि विश्वभरबाटै ओप्पोका प्रयोगकर्ताहरूले सकारात्मक प्रतिक्रिया दिइरहेका छन्। ईन्फाइनाइट डिजाइन, तीव्र र स्मुथ पर्फरमेन्स, सुदृढ सुरक्षा र सोलुप, फोकस मोडलगायत अत्याधुनिक फिचर्सका साथमा यो सञ्चालन प्रणाली उपलब्ध गरिएको छ।
रोलआउटका बारेमा बोल्दै, ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ‘कलर ओएसका लागि जिम्मेवार समूहले गुणस्तरीय मापदण्डप्रति सटिक ध्यान दिँदै प्रयोगकर्ताका प्रतिक्रियाहरूलाई पनि निकै गम्भीरतापूर्वक प्राथमिकतामा राखेका छन्। आधिकारिक भर्जन रोलआउट गर्नुपूर्व हामीले ९२ हजार परीक्षकहरू मार्फत बग्सका बारेमा जानकारी र तिनका प्रतिक्रिया लिँदै हजारौँ ट्रायल भर्जनमा हजारौं पटक परिमार्जन गरेका छौं।’
विश्वभरका १ सय ४० देशमा कलरओएका ३ सय ५० मिलियन प्रयोगकर्ता रहेका छन् भने, यो ८० भन्दा बढी भाषामा उपलब्ध गरिएको छ। आरएण्डडी समूहले कलरओएस सेवन ट्रायल भर्जनका प्रयोगकर्ताहरूद्वारा प्रेशित सल्लाह–सुझाव तथा प्रतिक्रियालाई विशेष प्राथमिकता दिँदै तिनले चाहेका फिचरलाई आधिकारिक भर्सनमा समावेश गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।