काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले रुकुमपश्चिमको सोतीमा भएको घटनाको विरोधमा १२ दिनपछि विज्ञप्ति निकालेका छन्।
अवसरवादी र प्रतिक्रियावादी व्यवहार विरुद्ध सशक्त साँस्कृतिक आन्दोलन चलाउन आह्वान समेत नेता पौडेलले गरेका छन्। पौडेलले हत्या हिंसाका घटनालाई सत्ताको आडमा ढाकछोप गर्ने प्रयास भएको आरोप लगाएका छन्।
जातीय भेदभावको कलंकलाई जीवितै राख्न जनप्रतिनिधि नै अघि सरेको उनले दाबी गरे। हत्या गरी भेरीमा फाल्ने प्रकृतिका जघन्य अपराध भई रहने हो भने परिवर्तन दिशाहीन हुने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।