काठमाडौं– प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोभिड १९ को संक्रमण समुदायमा नफैलिएको दाबी गरेका छन्।
बजार खोल्दा संक्रमण समुदायमा फैलिने मुख्यमन्त्री पोखरेललको चिन्ता छ।
सामाजिक सञ्जालमा मुख्यमन्त्री पोखरेलले लेख्छन्, ‘आफूखुसी बजार खोल्दा समुदायमा संक्रमण फैलिए कसले जिम्मेवारी लिने?’
सरकारले लागू गरेको आठौं चरणको लकडाउनबाट आजित व्यवसायीले बन्द व्यवसाय बिहीबारबाट खुलाउन थालेका छन्।
स्वास्थ्य विज्ञले कोरोनाको संक्रमणको जोखिम दोस्रो चरणमा पुगिसकेको प्रष्ट्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।