काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली श्रमिकहरूका प्रमुख गन्तव्य मुलुकहरूका लागि काउन्सेलर र श्रम सहचारीहरूको छनौट गरेको छ।
मन्त्रालयले दक्षिण कोरिया, कतार र मलेसियाका लागि श्रम सहचारी छनौट गरेको हो। श्रम काउन्सेलरमा दक्षिण कोरियाका लागि रमा भट्टराई, कतारका लागि कृष्णप्रसाद खनाल र मलेसियाका लागि दीपक ढकाल छनौट भएका छन्।
त्यस्तै मन्त्रालयले उपसचिव कविन्द्र नेपाललाई भने प्रतिक्षाको सूचीमा राखेको छ। श्रम सहचारीमा शाखा अधिकृतहरू प्रमिला केसी यूएई, दिनेश ढकाल ओमान, प्रकाश पन्थी मलेसिया, विपना ज्ञवाली कुवेत, प्रेम उपाध्याय साउदी अरबका लागि छनौट भएका छन्। श्रम सहचारीको प्रतिक्षा सूचीमा वैदेशिक रोजगार विभाग बुद्धनगरका शाखा अधिकृत बाबुराम घिमिरे र मन्त्रालयका शाखा अधिकृत हेम कुमार अधिकारी रहेको मन्त्रालयले जनाएको छ।
मंसिर २६ गतेको सूचना र काउन्सेलर (श्रम) तथा श्रम सहचारी छनौट तथा नियुक्त सम्बन्धी कार्यविधि तथा मापदण्ड २०७३ मन्त्रीस्तरीय निर्णयबाट उक्त छनौट भएको मन्त्रालयले उल्लेख गरेको छ। श्रम काउन्सेलर तथा सहचारी छनौट प्रकृयालाई पारदर्शी बनाइको मन्त्रालयले उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।