काठमाडौं- संसद्को मानव अधिकार समितिले दलितहरुको उजुरी सुनुवाईका लागि प्रहरीलमा अलग्गै दलित सेल गठन गर्न निर्देशन दिएको छ। दलितमाथि हुने विभेदका घटनाहरुलाई गम्भीरतापूर्वक अनुसन्धान गर्न र सजाय गर्नका लागि यस्तो अलग्गै प्रहरी सेल गठन गर्न समितिले निर्देशन दिएको हो।
महिला, साइबरलगायतसेल भएजस्तै दलितका मुद्दाहरूलाई सम्बोधन गर्न यस्तो सेल निर्माण गर्न भनेको हो। सिंहदबारमा बसेको बैठकले रुकुम चौरजहारी घटनाहरुमाथि निष्पक्ष छानबिनहरू संलग्नलाई कडा कारबाही गर्न र उनीहरुमाथि अनुसन्धान गर्नसमेत समितिले निर्देशन दिएको छ।
दलितहरुमाथि पछिल्लो समय श्रृखलाबद्ध हमला भएकोले उनीहरुको विषयमा गम्भीर भएर अनुसन्धान गर्न समितिले निर्देशन दिएको छ। सबै प्रकारका जातीय विभेदको अन्त्यका लागि सरकारलाई महाअभियान चलाउन, महिला, बालबालिकाहरुमाथि लकडाउनको समयमा भएका हिंसाहरुको विषयमा सरकारको ध्यानाकर्षण गराउने संसदबाट समिति निर्माण नभएमा मानव अधिकार समिति उक्त क्षेत्रमा जानेसमेत सभापति कृष्णभक्त पोखरेलले बताए।
सांसदहरुले स्थलगत अध्ययन गर्नुपर्ने माग गरेका समेत थिए। मधेशका मानिस भोकै परेको कुरामा पनि समितिले सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।