काठमाडौं- सरकारले विद्युतीय स्कुटर तथा मोटरसाइकलमा सडक निर्माण दस्तुर लगाउने भएको छ। आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत दुई पांग्रे विद्युतीय सवारीमा प्रतिगोटा १२ हजार रुपैयाँ सडक निर्माण दस्तुर लगाएको हो। योसँगै इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकल १२ हजार रुपैयाँ महँगो हुने भएको छ।
यसअघि सरकारले इलेक्ट्रिक स्कुटर तथा मोटरसाइकलमा सडक निर्माण दस्तुर लगाएको थिएन। त्यस्तै तीन पांग्रे सवारी तथा ढुवानीका साधनमा समेत प्रतिगोटा १३ हजार रुपैयाँ सडक निर्माण दस्तुर लगाइएको छ। यो वर्गको सवारीमा पनि यसअघि उक्त शीर्षकमा कर लगाइएको थिएन।
त्यस्तै विद्युतीय कारमा मूल्यको ५ प्रतिशत सडक निर्माण दस्तुर लगाएको छ। यसअघि यस्ता सवारीसाधनमा मूल्यको ४ प्रतिशतमात्र सडक कर लाग्दै आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।