काठमाडौं- सरकारले अधिकांश स्पेयर पार्ट्समा लाग्दै आएको भन्सार दरमा ५ प्रतिशतले वृद्धि गरेको छ। स्पेयर पार्ट्सको आयातमा यसअघि लाग्दै आएको १५ प्रतिशत भन्सारमा ५ प्रतिशतले वृद्धि गरी २० प्रतिशत पुर्याएको छ।
सवारीसाधनमा प्रयोग हुने र मर्मतका लागि आवश्यक पर्ने स्पेयर पार्ट्समा सरकारले भन्सार दर बढाएको हो। वार्षिक अर्बौं रुपैयाँको स्पेयर पार्टस् आयात हुँदै आएको छ।
सरकारले यस्ता स्पेयर पार्ट्स्मा ५ प्रतिशत भन्सार बढाएको हो। व्यवसायीहरुले घटाउनुपर्ने माग गर्दै आएकोमा सरकारले उल्टै स्पेयर पार्टस्को भन्सार बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।