काठमाडौं - कोरोना भाइरसले पर्यटन क्षेत्रकझ वृद्धिदर १६.३ प्रतिशतले ऋणात्मक हुने सरकारले जनाएको छ। मंगलबार सार्वजनिक भएको आर्थिक सर्वेक्षणअनुसार कोभिड-१९ को महामारीको कारण सिर्जित असहज परिस्थितिले गर्दा समग्र उत्पादन, उत्पादकत्व एवम् आपूर्ति प्रणालीमा प्रतिकुल प्रभाव परेको छ।
विश्व आर्थिक गतिविधिमा सुस्तता आई विश्वको समग्र आर्थिक वृद्धि, रोजगारी, मूल्य, अन्तर्राष्ट्रिय व्यापारलगायतका क्षेत्रमा प्रतिकुल प्रभाव पर्ने देखिएको छ भने नेपालको अर्थतन्त्रमा पनि गम्भिर असर परेको छ। कोरोना महामारीले सबैभन्दा बढी पर्यटन क्षेत्रलाई असर गरेको छ।
आर्थिक वर्ष २०७६/७७ मा यस क्षेत्रको वृद्धिदर १६.३ प्रतिशतले ऋणात्मक रहने अनुमान रहेको छ। गत आर्थिक वर्षमा यस क्षेत्रको वृद्धिदर ७.३३ प्रतिशत रहेको थियो। त्यसैगरी, यातायात, भण्डारण तथा संचार, उत्पादनमुलक उद्योग, खानी तथा उत्खनन र निर्माण क्षेत्रको बृद्धिदर समेत ऋणात्मक हुने अनुमान रहेको छ।
आर्थिक वर्ष २०७६/७७ मा कोरोना महामारीबाट प्रतिकूल प्रभाव नपरेका मत्स्यपालन, विद्युत, ग्यास तथा पानी, स्वास्थ्य तथा सामाजिक कार्य र सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रको वृद्धिदर गत आर्थिक वर्षभन्दा उच्च रहने र बाँकी क्षेत्रहरुको वृद्धिदर गत वर्षभन्दा न्यून रहने अनुमान रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।