• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

कृषिमा कसरी बृहत्तर रोजगारी सिर्जना गर्ने? 

64x64
निर्मला घिमिरे मंगलबार, जेठ १३, २०७७  २०:४८
1140x725

काठमाडौं- विश्वमा महामारीका रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) का कारण खाद्य संकटसँगै बेरोजगारी समस्या निम्तिने अवस्था छ। 

वैदेशिक रोजगारीका लागि गएका लाखौं युवाहरू रोजगारी गुमाएर फर्किने अवस्था छ भने देशभित्रै पनि लाखौं युवाहरूले रोजगारी गुमाइसकेका छन्। 

विदेशबाट रोजगारी गुमाएर ६ लाख युवाहरू फर्किन सक्ने एक अध्ययनले देखाएको छ। सरकारले कोरोनाका कारण सिर्जना भएको भयावह बेरोजगारीको खाडललाई पुर्न युवाहरूलाई व्यवसायिक कृषिमा परिचालन गर्ने नीति तथा कार्यक्रम २०७७/०७८मा समेत समेटिएको छ। 

तर कृषिमा बृहत्तर रोजगारी कसरी सिर्जना गर्न सकिन्छ छ त? विदेशबाट रोजगारी गुमाएर फर्किएका युवा तथा देशभित्रै सिर्जना भएको बेरोजगारीलाई कसरी कृषिमा परिचालन गर्न सकिन्छ? यस सम्बन्धमा रहेर परराष्ट्र मन्त्रालयअन्तर्गत ब्रेन गेन सेन्टरले एक कार्यक्रम आयोजना गरेको थियो। 

सो कार्यक्रममार्फत विज्ञहरूले नेपालको कुल गार्हस्थ्य उत्पादनमा एकचौथाई योगदान पुर्‍याइरहेको कृषि क्षेत्रमा पछिल्लो समय युवा पलायन हुने तथा खेतबारी बाँझो हुने क्रम बढ्दै गएकाले यसलाई व्यवसायीकरण गर्न सरकारले ध्यान पुर्‍याउनुपर्ने बताएका छन्। 

विदेशमा रहेका लाखौं युवाहरू स्वदेश फर्किने अवस्थामा रहेकाले कृषि तथा पशु उत्पादन, प्रशोधन, बजारीकरणमा सरकारी, गैह्र सरकारी तथा सबद्ध सबै सरोकारवालाले ध्यान पुर्‍याउन आवश्यक रहेको विज्ञहरूको टिप्पणी छ। 

वर्तमान महामारी र त्यसपछि उत्पन्न हुने खाद्य असुरक्षा, पोषणको अभाव तथा बेरोजगारीलाई मध्यनजर गर्दै कृषि क्षेत्रको पुनर्जागरणका लागि स्थानीयतहबाटै घनिभूत छलफल आवश्यक रहेको उनीहरूको तर्क छ। 

स्थानीय तहले बाँझो जमिनमा व्यवस्थापनको काम सुरु गरिसकेका छन् : डा शान्ता कार्की, प्रमुख राष्ट्रिय फलफूल विकास केन्द्र कीर्तिपुर 
राष्ट्रिय फलफूल विकास केन्द्र कीर्तिपुरकी प्रमुख शान्ता कार्कीले रोजगारीका अवसर गुमाएर ठूलो जनशक्ति विदेशबाट फर्किसकेको र कतिपय फर्किने अवस्थामा रहेको बताइन्। 

Ncell 2
Ncell 2
nimb
nimb

देशभित्रैका सहरकेन्द्रित युवाशक्ति पनि गाउँ फर्किएकाले कृषि क्रान्तिका लागि यो एक अवसर समेत बन्न सक्ने उनको भनाइ छ। 

उनी भन्छिन्, ‘हामीसँग बाँझो जग्गा एकदमै धेरै छ। मेरो विचारमा यो अवस्थामा यसबाट नै बृहत्तर रोजगारी सिर्जना गर्न सकिन्छ। जसको लागि आवश्यक वातावरण तयार गर्नतिर सोच्नुपर्ने हुन्छ। स्थानीय तहहरूले यो काम सुरु पनि गरिसकेका छन्।’

बाँझो जग्गामा खेती गर्ने युवाहरूलाई सरकारले प्रोत्साहन गरेको तथा अनुदान समेत उपलब्ध गराएको उनी बताउँछिन्। यसलाई व्यापक रुपमा देशव्यापी बनाउन सके रोजगारीका प्रशस्त अवसरहरू सिर्जना हुने केन्द्रकी प्रमुख डा कार्कीको भनाइ छ।  

त्यस्तै कृषि उत्पादन, प्रशोधन तथा बजारीकरणतिर पनि ठूलो रोजगारी सिर्जना गर्न सकिने उनले बताइन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कृषिमा यन्त्रीकिकरण र प्रविधिको विकास गर्न सके रोजगारीका अवसर प्रशस्त छन् : दिलिप प्रताप खाँड, नगरप्रमुख वालिङ नगरपालिका
स्याङ्जा जिल्ला वालिङ नगरपालिकाका नगरप्रमुख दिलिप प्रताप खाँडले कृषिलाई यन्त्रीकरण तथा व्यवसायीकरण गर्न सके बृहत्तर रोजगारी सिर्जना गर्न सकिने बताए। 

अहिलेके परिप्रेक्षमा कृषिलाई आत्मनिर्भर बनाउने आधार खोज्नपर्नेमा  उनले जोड दिए। वालिङ नगरपालिले पनि अर्थतन्त्र विकासका लागि कृषिलाई प्राथमिकतामा राखेको नगरप्रमुख खाँडले जानकारी दिए। 

‘हामीले वालिङमा उत्पादन भएका कृषिजन्य सामग्री अन्य क्षेत्रमा निर्यात गर्न सक्नेगरी ५ वर्षीय, १० वर्षीय, १५ वर्षीय र  २० वर्षीय  योजनाहरू बनाएका छौं’ उनी भन्छन्, ‘मेरो कार्यकाल २ वर्ष बाँकी छ आगामी नेतृत्वमा जुनसुकै सरकार आए पनि यो योजना निरन्तर कायम रहन्छ।’ 

‘वालिङ नगरपालिकाकाभित्र रहेका १४ वटा वडाहरूबाट आन्तरिक आम्दानीका रुपमा साढे ५ करोड ट्याक्स संकलन हुन्छ। त्यो सम्पूर्ण ट्याक्स हामीले कृषिमै खर्च गर्छौं’ उनी थप्छन्, ‘सहरबाट ट्याक्स उठाउने र गाउँका युवाहरूलाई सिड मनीका रुपमा उपलब्ध गराउँछौं। त्यसको ब्याज लिँदैनौं। साँवाका रुपमा फिर्ता लिन्छौं।’ 

कृषि उत्पादनले बढोत्तरी पाइरहेको तर अहिले समस्या बजारीकरणको देखिएको छ उनको भनाइ छ। 

वालिङ नगरपालिकाले बजारीकरणको व्यवस्थापनको काम पनि सुरु गरिसकेको उनले जानकारी दिएका छन्। 

कृषकहरूलाई आवश्यक उपकरण मल, बीउ उपलब्ध गराउने, आवश्यक सीप उपलब्ध गराउन नगरपालिकाले सहयोग पुर्‍याएको उनको भनाइ छ। 

कृषि उत्पादन बढोत्तरीका लागि आवश्यक तालिम तालिम उपलब्ध गराई कृषिमा युवाहरूलाई आत्मनिर्भर गर्न सके थुप्रै रोजगारीका अवसर सिर्जना गर्न सकिने बताउँछन् नगरप्रमुख खाँड। पछिल्लो समय कोरोनाका कारण थुप्रिएको चुनौतीलाई अवसरमा बदल्न तथा विदेशबाट आएको श्रम शक्तिलाई कसरी सदुपयोग गर्ने भनेर योजना बनाइरहेको उनले जानकारी दिए। 

के भन्छन् विज्ञ? 
नेपालको कृषि तथा पशुपालन क्षेत्रमा रोजगारीका प्रशस्त सम्भावना रहेको विज्ञहरूको धारणा छन्। वरिष्ठ पशु अधिकृत तथा नेपाल एनिमल साइन्स एशोसिएशनका महासचिव डा लोकनाथ पौडेलले पशुपालन क्षेत्रले नेपालको अर्थतन्त्र र रोजगारीलाई सबल बनाउन सक्ने बताए। 

उनी भन्छन्, ‘हामी पशुजन्य उत्पादनमा आत्मनिर्भर बन्न सक्छौं। कुखुरा तथा बाख्रा पालनबाट पनि आकर्षक रोजगारीका अवसर सिर्जना गर्न सकिन्छ।’ 

कम्तिमा दुईवटा दुहुनो गाई अथवा भैंसी पालन गरेर २०  लिटरसम्म दूध उत्पादन गर्दा एउटा प्रत्यक्ष रोजगारी सिर्जना हुने अनुसन्धानले समेत देखाइसकेकाले यो क्षेत्रमा लाखौं रोजगारी सिर्जना गर्न सकिने उनको भनाइ छ।  

युवाहरूलाई पशुपालनमा आकर्षण गर्नका लागि परियोजनालाई नै धितो राखेर सुलभ सहज ऋण उपलब्ध गराउनुपर्ने, त्यस्तै पशुजन्य उत्पादनको समर्थन मूल्य तोक्नुपर्ने किसानहरूले बिक्री गर्न नसके सरकारले खरिद गर्नुपर्ने, बजारको सुनिश्चितता हुनुपर्ने, उत्पादनमा आधारित रहेर अनुदान उपलब्ध गराउनुपर्ने, सर्वसुलभ बीमाको व्यवस्था गर्नुपर्ने वरिष्ठ पशु अधिकृत लोकनाथ पौडेलले बताए। 

अर्का कृषिविद् डा राजेन्द्र गौतम सफल कृषि व्यवसाय सञ्चालन गर्न सबैभन्दा पहिला आवश्यक ज्ञान तथा सीप हासिल गर्नुपर्ने बताउँछन्। 

कुन स्थानमा के खेती गर्न सकिन्छ? त्यस बारेमा आवश्यक अनुसन्धान गरी उत्पादन गर्न सके कृषि उपजबाट प्रशस्त लाभ लिन सकिने उनको भनाइ छ। 

स्ट्रबेरी खेती समेत गर्दै आएका डा गौतम भन्छन्, ‘१ सय रोपनी जमिनमा स्ट्रबेरी खेती गर्‍यो भने करिब ४० देखि ४५ जनालाई रोजगारी दिन सकिन्छ। अझ हाम्रो उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउने हो भने हजारौं रोपनी जमिनमा स्ट्रबेरी खेती गर्न सक्छौं।’ 

स्ट्रबेरी खेतीजस्तै अन्य विभिन्न किसिमका कृषि उपजहरूमा विदेशबाट आउने जनशक्तिलाई परिचालन गर्न सकिने प्रशस्तै अवसर रहेको उनले बताए। 

नेपालमा कृषि उत्पादनलाई बढावा दिनका लागि उत्पादित वस्तुको संकलन, प्रशोधन तथा बजारीकरणमा राष्ट्रिय र अन्तर्राष्ट्रियकरणमा जोड दिनुपर्ने गैह्रआवासीय नेपाली संघको कृषि प्रवर्द्धन समितिका ग्लोबल संयोजक युवराज गुरुङले बताए। कृषि प्रवर्द्धनका लागि तथा कृषिमा आत्मनिर्भर बन्नका लागि व्यक्ति, निजी क्षेत्र तथा सरकार सहकार्य गरेर अघि बढ्न आवश्यक भएको उनको भनाइ छ। 

उनी भन्छन्, ‘सामुहिक लगानी, स्थानीय सरकारको प्रत्यक्ष संलग्नता रह्यो भने कृषकलाई थप ऊर्जा मिल्ने हुँदा प्रदेश सरकारले पनि सहयोग गर्नुपर्छ। यसबाट कृषिमा बृहत्तर रोजगारी सिर्जना गर्न सकिन्छ।’ 

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०७७  २०:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) ले स्वदेशी कृषि यन्त्र उत्पादन गर्ने उद्योगलाई पाँच वर्षसम्म आयकर छुट, बैंकको ब्याजमा अनुदा... बुधबार, असोज २८, २०८३
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्