• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सरकारले कसैलाई उन्मुक्ति दिँदैन : गृहमन्त्री

64x64
नेपाल लाइभ मंगलबार, जेठ १३, २०७७  १२:०७
1140x725

काठमाडौं- गृहमन्त्री रामबहादुर थापा बादलले पश्चिम रुकुममा भएको घटनामा जोसुकै संलग्न भएको भए पनि कारबाही हुने बताएका छन्। राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर सांसदहरुले उठाएको प्रश्नहरुको जवाफ दिँदै उनले कानुनले वडाध्यक्ष र अन्य जोसुकै भए पनि कारबाही हुने प्रतिबद्धता व्यक्त गरे।

‘वडाध्यक्षको संलग्न भएको कुरा आएको छ, कानुनको उल्लंघन गर्ने जोसुकै होस्, उसमाथि कानुन बमोजिम नै कारबाही हुन्छ’, थापाले भने, ‘पक्राउ गरिएका कसैलाई रिहाई गरिएको मेरो जानकारीमा छैन। वडा अध्यक्ष पनि  नियन्त्रणमा रहेका छन्।’

सांसदहरुले उठाएका कानुनी राज्य हुनुपर्ने  कुरामा आफू पनि सहमत भएको उनले बताए।

संसदीय समिति गठन गर्ने कुरा सदनको अधिकार भएको भन्दै उनले यसमा राष्ट्रिय सभाले विचार गर्ने उनले बताए। जातीय विभेद गर्ने कसैलाई पनि कानुनी कारबाहीबाट उन्मुक्ति नदिइने उनले बताए।

देशभर भएका यस्ता घटनाहरुका बारेमा विस्तृत अनुसन्धान गर्दै दोषीविरुद्ध मुद्दा दायर भई कानुनी कारबाही हुने उनले बताए।

सांसदहरुको प्रश्न- कानुनी राज्य समाप्त भएको हो? 
राष्ट्रिय सभाको वैठकमा बोल्दै  सांसदहरुले गृहमन्त्री रामबहादुर थापा बादललाई रुकुम पश्चिम र देशभर भएका जातीय हिंसाको घटनामा संलग्नहरुलाई कानुनी कारबाही गर्न माग गरेका छन्। गृहमन्त्रीले घटनाबारे जानकारी गराएपछि सांसदहरुले प्रश्न गर्दै कानुनी राज्य समाप्त भएको हो भनी प्रश्न गरेका थिए। सांसदहरुले कानुनी राज्यको पालना गर्ने कार्यमा विभेद नगर्न पनि सुझाब दिएका छन्।

कसले के भने? 
अनिता  देवकोटा 

जाजरकोटका युवालाई जातकै कारण मारिएको घटना अमानवीय हो। रुकुमको घटना हामीमाथि पनि भएको हो। त्यहाँ कानुन राज्य छ कि छैन? 

चक्रप्रसाद स्नेही 
सरकारसँग न्याय माग गर्न चाहन्छु। यही मात्र नभई दलितमाथि धेरै घटना भए। यसका लागि एक संसदीय समिति निर्माण होस्।

Ncell 2
Ncell 2
nimb
nimb

राम लखन चमार 
जजरकोटको घटनामा के कारवाही भइरहेको छ?  रुपेन्देहीको देवदहको १५ वर्षकी महिलाको बारेमा के भइरहेको  छ? पोखरामा किरियापुत्री भवनमा बस्न नपाएका व्यक्तिको बारेमा के भइरहेको छ? यो घटनामा प्रदेश सांसद नै संलग्न भएकाले उनीमाथि के कारबाही भइरहेको छ? 

पूर्व सचिव भीम उपाध्यायबाट पनि दलित विरुद्ध टिप्पणी भएको छ। कसरी कारबाही अगाडि बढाउनुभएको छ?

खिमकुमार बिक 
गृहमन्त्रीले दिनु भएको जानकारी अनुसार १२ जना केटी पक्षमा मानिस अनुसन्धानमा छन्। सञ्चार माध्यमले ६ जना छुटेको भनेका छन्। यो विभेद विगतदेखि नै हुँदै आएको छ। दलितको मुद्दालाई किन गम्भीर रुपमा लिइँदैन? 

प्रकाश पन्थ 
रुकुम पश्चिम र जाजरकोटमा भएको घटना दुःखद छ। सभ्याता र कानुनी शासनको धज्जी उडाएको छ। कानुन बनउने मात्र कि कार्वान्वयन गर्ने?

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

विमल राई पौडेल 
भगाएर लैजान लागिएको किशोरीलाई संरक्षण र मनोसामाजिक परामर्श दिन जरुरी छ। नत्र उनले यी सबै घटनाको दोष आफूलाई दिने हुनसक्छ।

नरपति लोहार 
यी घटनाको भर्त्सना गर्दै कडाभन्दा कडा कारबाही होस्। माथिल्लो वर्गले अन्याय हुँदा अन्याय नहुने तर तल्लो वर्गको ज्यान जाँदा पनि नहुने के हो? कारबाही नर्गनुको कारण के हो?

राधेश्याम पासवान 
जाजरकोटको घटनामा भगाउन १९ जना आएको भन्नुभयो । यो मिलेन कि! गम्भीर रुपमा अनुसन्धान हुनपर्‍यो। सप्तरीको कुरा आएन। पूर्व सचिव भीम उपाध्यायले सामाजिक सञ्जालले लेखेको कुराले मानहानी भएको छ।

भैरवसुन्दर श्रेष्ठ 
जाजरकोट अहिले शोकमा छ। दुवैका बीचमा प्रेम भएको कुरा सर्वविदितै छ। जातीय अहंकार र आडम्बर देखिएको छ। के कारबाही हुन्छ? कहिले हुन्छ?

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०७७  १२:०७
  • #रुकुम

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार सार्वजनिक कार्डमा उनले सामाजिक न्याय, सुशासन, दलित अधिकार, जलवायु न्याय, प्रेस स्वतन्त्रता, शिक्षा, स्वास्थ्य तथा सार्वजनिक... बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत आर्थिक सम्बन्धलाई उत्पादनमूलक, विविधतायुक्त र दिगो बनाउन व्यापार, लगानी, ऊर्जा, डिजिटल प्रव... बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन नेपालस्थित अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख मेगन बोल्डिनसहित अमेरिकी कंग्रेसका कर्मचारीहरूको प्रतिनिधिमण्डलले बाढी प्रभावित क्षेत्... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्