• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ ७, २०८३ Sun, Aug 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

मिचिएको नेपाली भूमि फिर्ता होस् भन्दै दार्चुलाबाट डा केसीको सत्याग्रह घोषणा

64x64
नेपाल लाइभ सोमबार, जेठ १२, २०७७  १२:५२
1140x725
फाइल फोटो: swasthyakhabar.com

डा गोविन्द केसीले सत्याग्रहको घोषणा गरेका छन्। उनले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै जेठ २० बाट दुई दिनसम्म सत्याग्रह गर्ने घोषणा गरेका हुन्।

‘राष्ट्रवादको बहकिएको बहसलाई सही ठाउँमा ल्याउन तथा सीमाञ्चलका मानिसहरुको पीडाप्रति राज्यको ध्यानाकर्षण गराउँदै त्यहाँको शिक्षा, स्वास्थ्य, यातायात र जीविकाको उचित व्यवस्था गर्न तथा नेपालको सार्वभौमसत्ताको रक्षा गर्दै भारतबाट मिचिएको नेपाली भूमि फिर्ता गर्ने प्रक्रिया तत्काल सुरु गर्न माग गर्दै हामीले यही जेठ २० गतेदेखि दुई दिने सत्याग्रह गर्ने घोषणा गर्दर्छौं’, विज्ञप्तिमा भनिएको छ।

उनले वास्तवमै राष्ट्रियता बलियो पार्ने हो र देशको सीमा रक्षा गर्ने हो भने काठमाडौंका सडकमा नारा लगाएर वा बालुवाटार दरबारबाट हुंकार गरेर नपुग्ने बताएका छन्। ‘जुन देशलाई हामी लल्कारेर चुनौती दिन्छौं, हाम्रा नागरिक आधारभूत सेवाका लागि त्यही देशमा भर पर्नुपर्ने लाजमर्दो अवस्था रहुन्जेल कुनै राष्ट्रवादी नारा र गर्जनको अर्थ रहँदैन’, उनले भनाई छ, ‘देशलाई जमिन मात्रै भनेर बुझ्ने शासकहरुले त्यसो गरे पनि हामी नागरिकका लागि हामीजस्तै नागरिकहरुको पीडा सह्य हुनु हुँदैन।‘

केसीले सरकारले अझै पनि सीमाञ्चललगायतका नागरिकको शिक्षा, स्वास्थ्य र रोजगारीप्रति यत्तिकै उदासीन रहेर राष्ट्रवादको नारा जप्छ भने त्यो नौटंकी राष्ट्रवादबाहेक केही नठहर्ने बताएका छन्। ‘देशको सीमा रक्षा गर्नु राज्यको जिम्मेवारी हो, त्यसका लागि उसले छिमेकी राज्यसित कुटनीतिक प्रयास गर्नैपर्छ । भारतले नेपालको सीमा मिच्नु उसको समेत हितमा छैन भनेर बुझाउन सरकारले सक्नुपर्छ । दुवैतिरका सरकारहरुले राष्ट्रवादका नारा उछालिरहने अनि दुवैतिरका नागरिक भोक र रोगसित लडिरहनुपर्ने अहिलेको अवस्था मुठ्ठीभर शासकबाहेक कसैको पनि हितमा छैन’, उनको भनाई छ।

यस्तो छ प्रेस विज्ञप्तिको पूर्ण पाठः

सिंगो संसार अहिले अभूतपूर्व महामारीको संकटबाट गुज्रिरहेको छ । महामारीका कारण मात्रै नभई त्योसँग जुध्नका लागि संसारका सबैजसो देशमा अपनाइएको कुनै न कुनै रुपको लकडाउनका कारण करोडौं मानिस रोजगारी गुमाएर भोकभोकै परिरहेका छन् । नेपालमा त्यस्तो समस्या झनै विकराल छ किनकि हाम्रो सरकारको ध्यान कहिले भ्रष्टाचार गर्नमा त कहिले कुर्सीयुद्धमा सीमित छ, नागरिक भोकै हुनुले उसलाई केही फरक पारेको छैन ।

यस्तो समयमा देशको उत्तर–पश्चिमी कुनामा छिमेकी भारतले नेपालको भुमि मिचेर सडकसमेत बनाइसकेको छ । सुगौली सन्धिले कायम गरेको महाकाली नदीको सीमाना अन्तर्गत लिम्पियाधुरासम्म नेपाल हुनुपर्नेमा भारतले यस अगाडि लिपुलेसम्मलाई समेटेर नक्सा जारी गरेको थियो । यसरी जमिन मिच्दै जाने र त्यहाँ सुरक्षा फौज राख्दै जाने क्रममा भारतले एउटा सानो खोलालाई महाकाली नदी दाबी गरेको भनिएको छ । अन्तर्राष्ट्रिय सन्धिहरु अनुसार यसरी विवादित हुने नदीको सीमानाका हकमा प्रचलित अभ्यासअनुसार लिम्पियाधुरादेखि आउने महाकाली नदी नै नेपालको पश्चिमी सीमा कायम हुनुपर्दछ ।

भारतले लिपुलेकमा सडक बनाएको समाचार आएसँगै सिंगो देश तरंगित भएको छ र राष्ट्रवादी नाराहरु उरालिएका छन् । तर सीमाञ्चलमा पुगेर त्यहाँका नागरिकको दुख पीडा बुझ्ने धैर्य र जाँगर कसैसँग छैन । नेताहरुलाई त आफ्नै जिल्लामा अरबौंका भ्युटावर बनाउनबाट फुर्सद छैन, दुर्गमका बारेमा उनीहरुले कहिल्यै सोचेकै छैनन् । सीमाक्षेत्रका मानिस जीवनजल नपाएर छट्पटिंदा, दुई छाक जोड्नका लागि विदेशिएर हेपिंदा र ठगिंदा, फर्कने क्रममा लुटिंदा हाम्रो राज्यका हर्ताकर्ताहरुलाई केही फरक पर्दैन ।

nimb
nimb
Ncell 2
Ncell 2

राज्यको सधैंको यस्तो रवैयाको परिणामः आज सुदुरपश्चिमको दार्चुला लगायतका जिल्लाहरुमा आधारभुत स्वास्थ्य सेवाका लागि भारतमा भर पर्नुपर्छ । दुई छाक जुटाउने रासन किन्न उतैको भर पर्नुपर्छ । कारणः न जिल्ला सदरमुकाम जोड्ने बाटा छन्, न नजिकमा स्वास्थ्य संस्था । हप्ता दिन पैदल हिंडेर पुगिने जिल्ला सदरमुकाम उनीहरुका लागि लोकतान्त्रिक देशको प्रशासनिक केन्द्र हैन राणाकालीन दरबारको प्रतिनिधि जस्तो छ, जहाँका अधिकारीहरुलाई तिनको समस्या त थाहा छ तर त्यसको समाधान गर्न तिनले सिन्को भाँच्दैनन् । काठमाडौंका शासकहरुलाई ती नागरिकहरुमाथि शासन गर्नुछ तर सुविधा दिनु छैन । दुर्गमलगायत अहिले देशभरका नागरिकहरु कोरोना भाइरसको सन्त्रासमा त छन् नै, लकडाउनका बेला अरु रोगको उपचार नपाएर मृत्युवरण गरिरहेका छन् । रोजगारी गुमाएकाहरुको जीविकाको कुनै टुंगो छैन । गरिबी र बेरोजगारी बढेसँगै गास, वास र कपासको अभावसित नागरिक जुधिरहँदा राज्यले कहीं कतै जिम्मेवारीपूर्वक भुमिका निभाएको छैन ।

त्यसमाथि नाममा कम्युनिष्ट र सिद्धान्तमा साम्यवाद मिसाएको अहिले सत्तारुढ पार्टीका नेताहरुको प्राथमिकता अरबौं ठगी गर्ने माफियाहरुसित मिलेर करोडौं भ्रष्टाचार गर्ने छ । शहरमै महल ठड्याएर विलासी जीवन बिताउन र शिक्षा–स्वास्थ्यका नाममा व्यापार गर्नेबाहेक उनीहरुले भाषण गर्ने र कविता लेख्ने काम मात्रै गरेका छन् । फलस्वरुप समाजवादउन्मुख भनिएको मुलुकमा सक्नेहरुले महँगो शिक्षा र स्वास्थ्य सेवा लिइरहेका छन् भने नसक्नेहरु भोक र रोगले ग्रस्त भएर पीडादायी जीवन बिताइरहेका छन् ।

त्यसैले अब वास्तवमै राष्ट्रियता बलियो पार्ने हो र देशको सीमा रक्षा गर्ने हो भने काठमाडौंका सडकमा नारा लगाएर वा बालुवाटार दरबारबाट हुंकार गरेर पुग्दैन । जुन देशलाई हामी लल्कारेर चुनौती दिन्छौं, हाम्रा नागरिक आधारभुत सेवाका लागि त्यही देशमा भर पर्नुपर्ने लाजमर्दो अवस्था रहुन्जेल कुनै राष्ट्रवादी नारा र गर्जनको अर्थ रहँदैन । देशलाई जमिन मात्रै भनेर बुझ्ने शासकहरुले त्यसो गरे पनि हामी नागरिकका लागि हामीजस्तै नागरिकहरुको पीडा सह्य हुनु हुँदैन ।

हामीले स्वास्थ्य र मेडिकल शिक्षा सुधारको अभियान शुरु गरेदेखि नै भन्दै आएका छौंः शिक्षा र स्वास्थ्य शहरमा हुनेखाने मानिसहरुलाई मात्रै पु¥याएर राज्य चुप लाग्न मिल्दैन । त्यसमाथि नेपालमा त शहरी मध्यम र उच्च वर्गकै गुणस्तरीय र सुलभ शिक्षा र स्वास्थ्यमा अझै पहुँच पुगेको छैन । शहरी विपन्न तथा सिंगो ग्रामीण जनसंख्याका लागि टाढाको महंगो सेवा लिनु वा त्यसबाट वञ्चित हुनुको विकल्प रहेको छैन । यही विकराल असमानता र सेवा अभावको अवस्थाप्रति ध्यान तान्न हामी यस अगाडि जुम्ला, इलाम र डडेल्धुराजस्ता ठाउँमा सत्याग्रह बसिसकेका छौं । हरेकपल्ट हाम्रो प्रयास दुर्गमका नागरिकहरुका समस्यालाई सतहमा ल्याएर तिनलाई समाधान गर्न राज्यलाई बाध्य पार्ने रहेको छ । धमाधम काठमाडौंमा नाफामुलक निजी मेडिकल कलेज खोलेर करोडौं खर्च गर्ने डाक्टर उत्पादन गर्नुभन्दा डडेल्धुरा, धनगढी, दाङ, जुम्ला, उदयपुर, इलाम, बर्दिवासजस्ता ठाउँमा सरकारी मेडिकल कलेज खोलेर त्यस वरपरको ठूलो जनसंख्यालाई विशेषज्ञ तहको सेवा दिन सकिन्छ । त्यस्तै ती क्षेत्रका जेहेन्दार विद्यार्थीलाई निःशुल्क डाक्टर बनाएर दुरदराजका प्राथमिक स्वास्थ्य केन्द्रसम्म परिचालन गरेर सेवाको पहुँच निकै बिस्तार गर्न सकिन्छ ।

सुदुरपश्चिम पहाडकै कुरा गर्दा, हामीले माग गरेझैं डडेल्धुरामा सबै विषयका विशेषज्ञहरुसहितको सरकारी मेडिकल कलेज भइदिएको भए दार्चुलालगायत बझाङ, बाजुरा, बैतडी, अछाम, डोटीलगायतका जिल्लाका मात्र नभई सीमावर्ती भारतीय जिल्लाका बिरामीहरुले समेत त्यहाँबाट सेवा लिन सक्थे । सडकको सरल पहुँच भइदिए खाद्यान्न लगायतका आवश्यकताका लागि पनि अर्को देशमा भर पर्नु पर्ने थिएन । सार्वजनिक स्कुलमा राम्रो पढाइ भइदिए अबको पुस्ताले समेत कालापहाडको मजदुरीलाई जीविकाको एउटै साधन मान्नु पर्ने थिएन ।

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल एमबीबीएसलगायतका कार्यक्रम शुरु गर्न ध्यानाकर्षण गर्दै हामीले सत्याग्रह गरेको अब दुई वर्ष भइसकेको छ । प्रतिष्ठान स्थापना भएको त एक दशक पुग्नै थालेको छ । अहिलेसम्म त्यहाँ एमबीबीएस कार्यक्रम सञ्चालन हुन सकेको छैन । प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज स्थापना गर्ने भनेर हामीसित सम्झौता भइसकेको तथा चिकित्सा शिक्षा ऐनमा समेत उल्लेख भएकोमा अन्यत्र पनि झारा टार्नेबाहेक सरकारले केही गरेको छैन । नेताहरुको ध्यान निजी मेडिकल कलेज खोलेर व्यापार बढाउन, पार्टीलाई चन्दा जम्मा पार्न तथा कालो धन सेतो बनाउनमा सीमित भएकाले सरकार यस्तो गम्भीर जिम्मेवारीप्रति यति उदासीन भएको हो ।

यो पृष्ठभुमिमा सरकारले अझै पनि सीमाञ्चललगायतका नागरिकको शिक्षा, स्वास्थ्य र रोजगारीप्रति यत्तिकै उदासीन रहेर राष्ट्रवादको नारा जप्छ भने त्यो नौटंकी राष्ट्रवादबाहेक केही ठहर्ने छैन । देशको सीमा रक्षा गर्नु राज्यको जिम्मेवारी हो, त्यसका लागि उसले छिमेकी राज्यसित कुटनीतिक प्रयास गर्नैपर्छ । भारतले नेपालको सीमा मिच्नु उसको समेत हितमा छैन भनेर बुझाउन सरकारले सक्नुपर्छ । दुवैतिरका सरकारहरुले राष्ट्रवादका नारा उछालिरहने अनि दुवैतिरका नागरिक भोक र रोगसित लडिरहनुपर्ने अहिलेको अवस्था मुठ्ठीभर शासकबाहेक कसैको पनि हितमा छैन । नेपालको सुदुरपश्चिमलगायत सीमाञ्चलका बासिन्दाहरुलाई शिक्षा, स्वास्थ्य र रोजगारको उचित व्यवस्था मात्रै गर्ने हो भने हाम्रा लागि सीमा रक्षा र राष्ट्रियता प्रवद्र्धनको सबैभन्दा राम्रो उपाय त्यही नै हो ।

त्यसैले राष्ट्रवादको बहकिएको बहसलाई सही ठाउँमा ल्याउन तथा सीमाञ्चलका मानिसहरुको पीडाप्रति राज्यको ध्यानाकर्षण गराउँदै त्यहाँको शिक्षा, स्वास्थ्य, यातायात र जीविकाको उचित व्यवस्था गर्न तथा नेपालको सार्वभौमसत्ताको रक्षा गर्दै भारतबाट मिचिएको नेपाली भुमि फिर्ता गर्ने प्रक्रिया तत्काल शुरु गर्न माग गर्दै हामीले यही जेठ २० गतेदेखि दुई दिने सत्याग्रह गर्ने घोषणा गर्दर्छौं । तबसम्म हामीसित हालसम्म भएका सबै माग पूरा गर्न, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठताका आधारमा डिनलगायतका पदाधिकारी नियुक्तिलगायततका सम्झौता कार्यान्वयन गर्न तथा गण्डकी प्रदेशलगायत डडेल्धुरा, बर्दिवास, उदयपुर, इलाम लगायतका ठाउँमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया द्रुत गतिमा अघि बढाउन, गेटा मेडिकल कलेजलाई शीघ्र सञ्चालनमा ल्याउन तथा कर्णाली र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबीबीएस कार्यक्रम सञ्चालनको व्यवस्था गर्न माग गर्दर्छौं । नागरिकको जीविका सहज बनाइदिन पनि नसक्ने, तिनको शिक्षा र स्वास्थ्यको प्रबन्ध पनि गर्न नसक्ने अनि अर्काले आफ्नो भुमि हडपेर सडकलगायतका संरचना बनाइसकेपछि मात्रै थाहा पाउने हो भने यो सरकारको भुमिका र औचित्य के भन्ने प्रश्न उठेकाबारे पनि सम्बन्धित सबैको ध्यानाकर्षण गराउँछौं ।

डा गोविन्द केसी
२०७७।२।१२
दार्चुला

प्रकाशित मिति: सोमबार, जेठ १२, २०७७  १२:५२
  • #डा_केसी
  • #सत्याग्रह

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सकुशल भेटिइन बारामा हराएकी दुई वर्षीया बालिका
‘बलात्कार सामान्य हो भनेको होइन, मेरो अभिव्यक्ति तोडमोड गरियो’ : सोविता गौतम
भदौ २३ र २४ को घटनालाई रवीन्द्र मिश्रले गरे ‘विदेशी जासुसी विद्रोह’का रूपमा व्याख्या
सम्बन्धित सामग्री
सकुशल भेटिइन बारामा हराएकी दुई वर्षीया बालिका उनलाई आइतबार बिहान कलैया–२६ स्थित सिसवा महेशपुरमा सडक किनारको नालामा रोइरहेको अवस्थामा एक स्थानीय महिलाले फेला पारेकी हुन्। आइतबार, भदौ ७, २०८३
काठमाडौँका निजी होस्टेललाई मापदण्ड सुधार्न एक महिनाको समय, नमाने शिलबन्दी गरिने तोकिएको अवधिभित्र आवश्यक सुधार नगर्ने सञ्चालकमाथि प्रचलित कानुनअनुसार कारवाही गरिने प्रशासनले स्पष्ट पारेको छ। आइतबार, भदौ ७, २०८३
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु काठमाडौं महानगरपालिका–१० शंखमूलस्थित 'भ्याली ब्वाइज होस्टल' भित्रै कुटपिट तथा धारिलो हतियार प्रहार गरी दाङको घोराही उपमहानगरपालिका–१... आइतबार, भदौ ७, २०८३
ताजा समाचारसबै
सकुशल भेटिइन बारामा हराएकी दुई वर्षीया बालिका आइतबार, भदौ ७, २०८३
‘बलात्कार सामान्य हो भनेको होइन, मेरो अभिव्यक्ति तोडमोड गरियो’ : सोविता गौतम आइतबार, भदौ ७, २०८३
भदौ २३ र २४ को घटनालाई रवीन्द्र मिश्रले गरे ‘विदेशी जासुसी विद्रोह’का रूपमा व्याख्या आइतबार, भदौ ७, २०८३
काठमाडौँका निजी होस्टेललाई मापदण्ड सुधार्न एक महिनाको समय, नमाने शिलबन्दी गरिने आइतबार, भदौ ७, २०८३
‘राजनीतिक प्रणाली जोगिए मात्रै व्यवसाय सुरक्षित हुन्छ’: विमलेन्द्र निधी आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकार र दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति शनिबार, भदौ ६, २०८३
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान आइतबार, भदौ ७, २०८३
गृहमन्त्रीसँगको वार्तामा गरिमाका परिवारले दोषीलाई मृत्युदण्ड दिनुपर्ने माग राखे शनिबार, भदौ ६, २०८३
गरिमाका बुबा-आमासँग तीन बुँदे सहमति : कानुन संशोधनको सुझाव दिन कार्यदल, सिमरामा सालिक निर्माण गरिने आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्