काठमाडौं- भारतीय ह्याकरकाे निशानामा परेको नेपाल नागरिक उड्डयन प्राधिकरणकाे आधिकारिक वेबपेज रिकभर भएको छ। भारतीय ह्याकरले प्राधिकरणकाे साइट ह्याक गरी केही समय कब्जामा लिएपनि हाल पूर्ण रूपमा रिकभर भइसकेको प्राधिकरण महानिर्देशक राजन पाेखरेलले जानकारी दिए।
'ह्याक भएकाे जानकारी पाउने बितिकै रिकभरका लागि प्रयास सुरु गरिएको थियो,' महानिर्देशक पोखरेलले भने, 'प्राधिकरणका प्राविधिकहरूबाट रिकभर गर्ने काम भएकाे छ।'अहिले थप अध्ययन समेत भइरहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणको आधिकारिक वेबसाईट (www.caannepal.gov.np) भारतको एउटा ह्याकर समूहले कब्जा लिएकाे थियो। तर अहिले साइट समेत खुल्न थालेको छ।
'आईक्रू' नामक ह्याकर समूहले साईट ह्याक गरेको प्राधिकरणले जनाएकाे थियो।
'नेपालको नागरिक उड्डयन प्राधिकरणको साइट ह्याक गरिकएको छ,' ह्याकरले ट्विट गर्दै लेखेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।