• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

नेकपा सचिवालयमा कुलमान घिसिङ र खड्ग विष्टलाई प्रश्न- एमसिसी किन आवश्यक पर्‍यो?

64x64
सविन मिश्र शनिबार, जेठ १०, २०७७  २०:२४
1140x725

काठमाडौं- सत्तारुढ नेकपाको सचिवालय सदस्य तथा आमन्त्रित स्थायी समिति सदस्यसमेतको बैठकमा अमेरिकी सहयोगबाट सञ्चालन हुने मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का विषयमा छलफल भएको छ। नेपाल र अमेरिकाबीच भएको सम्झौताअनुसार एमसिसी संसदबाट पास गर्नुपर्ने दिन नजिकिँदै जाँदा सत्तारुढ दलका शीर्ष नेताहरुले मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसिए) नेपालका पदाधिकारी तथा सञ्चालक समिति सदस्यसमेतलाई बोलाएर छलफल गरेका हुन्। 

सत्तारुढ दलका नेताहरुले एमसिए नेपालका कार्यकारी अधिकृत खड्गबहादुर विष्ट तथा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्राविधिक पक्षमा केही प्रश्न उठाएका थिए। छलफलमा नेकपाका स्थायी समिति सदस्य भीमबहादुर रावलले एमसिसीअन्तर्गतका प्रसारण लाइनको आवश्यकता र त्यसको अलाइनमेन्ट (बाटो)को विषयमा प्रश्न उठाएका थिए। 

अर्थमन्त्री डा युवराज खतिवडा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र ऊर्जा, जलस्रो तथा सिँचाइमन्त्री वर्षमान पुनसमेत राखेर गरिएको छलफलमा घिसिङले यसअघि नै तयार भएको गुरुयोजनाअनुसार नै प्रसारण लाइन निर्माणको काम अघि बढाउन लागिएको बताएका थिए। उनले काठमाडौं उपत्यकामा विद्युतको खपत उच्च हुने र त्यसको व्यवस्थापनका लागि यो प्रसारण लाइन तथा सबस्टेनस निर्माण गर्नुपर्ने बताएका थिए। 

'विद्युत प्रसारण लाइनको प्राविधिक पक्षमा प्रश्न गरिएको थियो, हाम्रो प्रसराण लाइन ढल्केबर पुग्छ कि पुग्दैन भन्ने प्रश्न पनि त्यहाँ उठेको थियो,' छलफलमा सहभागी भएका एक अधिकारीले भने, 'हामीले विद्युत उत्पादन हुने क्षेत्र, मागको व्यवस्थापन, मध्यपहाड र तराईमा निर्माणाधीन् प्रसारण लाइन तथा सबस्टेसन निर्माणको अवस्था र आवश्यकताबारे जानकारी गराएका छौँ।' 

छलफलमा घिसिङले तराई र मध्यहाडमा निर्माणाधीन् र तथा निर्माण गर्नुपर्ने ४०० केभी क्षमताका प्रसारण लाइन र तिनीहरुको अवस्था बारे जानकारी गराएका थिए। उनले ५ स्थानबाट भारत र २ स्थानबाट चीन जोड्ने गरी उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने गरी गुरुयोजना तयार भएको र त्यसको कार्यान्वयन गर्ने चरणमा अघि बढेको बताएका एक सहभागीले जानकारी दिए। 

Ncell 2
Ncell 2
nimb
nimb

दुई चरणमा भएको छलफलमा विष्टको प्रस्तुतीकरण तथा नेकपा सचिवालय तथा स्थायी समितिका सदस्यहरुको प्रश्नपछि विष्ट र घिसिङले जवाफ दिएका थिए। दुवै जनाले जवाफ दिएपछि उनीहरुलाई बाहिर पठाएर नेकपा नेताहरुले दोस्रो चरणको छलफल गरेका थिए। पहिलो चरणमा संसदबाट पास हुनुपर्ने विषयमा छलफल नभएको पनि ती सदस्यले बताए। 

प्रस्तुतीतकरणका क्रममा विष्टले आयोजना कार्यान्वयन गर्नुपर्नेमध्ये राष्ट्रिय गौरवको आयोजनामा समावेश हुनुपर्ने, आयोजना कार्यान्वयन सम्झौता हुनुपर्ने, अन्तरदेशीय प्रसारण लाइनका लागि भारतसँग सहमती गर्नुपर्ने र विद्युत निमयन आयोग गठन हुनुपर्ने जस्ता विषय कार्यान्वयन भइसकेक र निर्माण क्षेत्रसम्मको पहुँच तथा वातावरणीय प्रभाव मूल्यांकनको काम भइरहेको जानकारी गराएका थिए। उनले संसदबाट अनुमोदन हुने विषय राजनीतिक विषय भएको बताएका थिए।  

संसदबाट केही दिनअघि पारित भएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमकमको बुँदा नं २११ मा 'लप्सिफेदी-रातामाटे-हेटौँडा र लप्सिफेदी-रातामाटे-दमौली-बुटवल ४ सय केभी प्रसारणलाइन निर्माण अघि बढाइनेछ,' उल्लेख छ। नीति तथा कार्यक्रममा समावेश यो आयोजना एमसिसीअन्तर्गतको भएको र सरकारले गतल बाटोबाट एमसिसी अघि बढाउन खोजेको भन्दै रावलले आलोचना गरेका थिए।

Xtrem
Xtrem

रावलको आलोचनाको जवाफ दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले एमसिसी जस्केलाबाट नभइ ढोकाबाट नै प्रवेश हुने बताएका थिए। उनले एमसिसीको सम्झौतापत्र सभामुखको टेबलमा रहेको र पास र फेल गराउने अधिकार संसदको भएकोसमेत बताएका थिए। 

सत्तारुढ दल नेकपाले केही समयअघि पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा रावल तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सदस्य रहेको अध्ययन कार्यदल गठन गरेको थियो। कार्यदलले संसदबाट पास हुन नहुने सुझाव दिएको छ। जसमा परराष्ट्रमन्त्री ज्ञवालीले फरक मत राखेका छन्।

प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७  २०:२४
  • #ncp
  • #mcc

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पार्दै स्वीकृत दरभन्दा बढी शुल्क लिने तथा उपभोक्तालाई मर्कापर्... शनिबार, असोज २४, २०८३
यस्तो छ आज विदेशी मुद्राको भाउ राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । शनिबार, असोज २४, २०८३
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्