• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ ९, २०८२ Fri, Jan 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

नेकपा सचिवालयमा कुलमान घिसिङ र खड्ग विष्टलाई प्रश्न- एमसिसी किन आवश्यक पर्‍यो?

64x64
सविन मिश्र शनिबार, जेठ १०, २०७७  २०:२४
1140x725

काठमाडौं- सत्तारुढ नेकपाको सचिवालय सदस्य तथा आमन्त्रित स्थायी समिति सदस्यसमेतको बैठकमा अमेरिकी सहयोगबाट सञ्चालन हुने मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का विषयमा छलफल भएको छ। नेपाल र अमेरिकाबीच भएको सम्झौताअनुसार एमसिसी संसदबाट पास गर्नुपर्ने दिन नजिकिँदै जाँदा सत्तारुढ दलका शीर्ष नेताहरुले मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसिए) नेपालका पदाधिकारी तथा सञ्चालक समिति सदस्यसमेतलाई बोलाएर छलफल गरेका हुन्। 

सत्तारुढ दलका नेताहरुले एमसिए नेपालका कार्यकारी अधिकृत खड्गबहादुर विष्ट तथा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्राविधिक पक्षमा केही प्रश्न उठाएका थिए। छलफलमा नेकपाका स्थायी समिति सदस्य भीमबहादुर रावलले एमसिसीअन्तर्गतका प्रसारण लाइनको आवश्यकता र त्यसको अलाइनमेन्ट (बाटो)को विषयमा प्रश्न उठाएका थिए। 

अर्थमन्त्री डा युवराज खतिवडा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र ऊर्जा, जलस्रो तथा सिँचाइमन्त्री वर्षमान पुनसमेत राखेर गरिएको छलफलमा घिसिङले यसअघि नै तयार भएको गुरुयोजनाअनुसार नै प्रसारण लाइन निर्माणको काम अघि बढाउन लागिएको बताएका थिए। उनले काठमाडौं उपत्यकामा विद्युतको खपत उच्च हुने र त्यसको व्यवस्थापनका लागि यो प्रसारण लाइन तथा सबस्टेनस निर्माण गर्नुपर्ने बताएका थिए। 

'विद्युत प्रसारण लाइनको प्राविधिक पक्षमा प्रश्न गरिएको थियो, हाम्रो प्रसराण लाइन ढल्केबर पुग्छ कि पुग्दैन भन्ने प्रश्न पनि त्यहाँ उठेको थियो,' छलफलमा सहभागी भएका एक अधिकारीले भने, 'हामीले विद्युत उत्पादन हुने क्षेत्र, मागको व्यवस्थापन, मध्यपहाड र तराईमा निर्माणाधीन् प्रसारण लाइन तथा सबस्टेसन निर्माणको अवस्था र आवश्यकताबारे जानकारी गराएका छौँ।' 

छलफलमा घिसिङले तराई र मध्यहाडमा निर्माणाधीन् र तथा निर्माण गर्नुपर्ने ४०० केभी क्षमताका प्रसारण लाइन र तिनीहरुको अवस्था बारे जानकारी गराएका थिए। उनले ५ स्थानबाट भारत र २ स्थानबाट चीन जोड्ने गरी उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने गरी गुरुयोजना तयार भएको र त्यसको कार्यान्वयन गर्ने चरणमा अघि बढेको बताएका एक सहभागीले जानकारी दिए। 

Ncell 2
Ncell 2

दुई चरणमा भएको छलफलमा विष्टको प्रस्तुतीकरण तथा नेकपा सचिवालय तथा स्थायी समितिका सदस्यहरुको प्रश्नपछि विष्ट र घिसिङले जवाफ दिएका थिए। दुवै जनाले जवाफ दिएपछि उनीहरुलाई बाहिर पठाएर नेकपा नेताहरुले दोस्रो चरणको छलफल गरेका थिए। पहिलो चरणमा संसदबाट पास हुनुपर्ने विषयमा छलफल नभएको पनि ती सदस्यले बताए। 

प्रस्तुतीतकरणका क्रममा विष्टले आयोजना कार्यान्वयन गर्नुपर्नेमध्ये राष्ट्रिय गौरवको आयोजनामा समावेश हुनुपर्ने, आयोजना कार्यान्वयन सम्झौता हुनुपर्ने, अन्तरदेशीय प्रसारण लाइनका लागि भारतसँग सहमती गर्नुपर्ने र विद्युत निमयन आयोग गठन हुनुपर्ने जस्ता विषय कार्यान्वयन भइसकेक र निर्माण क्षेत्रसम्मको पहुँच तथा वातावरणीय प्रभाव मूल्यांकनको काम भइरहेको जानकारी गराएका थिए। उनले संसदबाट अनुमोदन हुने विषय राजनीतिक विषय भएको बताएका थिए।  

संसदबाट केही दिनअघि पारित भएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमकमको बुँदा नं २११ मा 'लप्सिफेदी-रातामाटे-हेटौँडा र लप्सिफेदी-रातामाटे-दमौली-बुटवल ४ सय केभी प्रसारणलाइन निर्माण अघि बढाइनेछ,' उल्लेख छ। नीति तथा कार्यक्रममा समावेश यो आयोजना एमसिसीअन्तर्गतको भएको र सरकारले गतल बाटोबाट एमसिसी अघि बढाउन खोजेको भन्दै रावलले आलोचना गरेका थिए।

रावलको आलोचनाको जवाफ दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले एमसिसी जस्केलाबाट नभइ ढोकाबाट नै प्रवेश हुने बताएका थिए। उनले एमसिसीको सम्झौतापत्र सभामुखको टेबलमा रहेको र पास र फेल गराउने अधिकार संसदको भएकोसमेत बताएका थिए। 

सत्तारुढ दल नेकपाले केही समयअघि पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा रावल तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सदस्य रहेको अध्ययन कार्यदल गठन गरेको थियो। कार्यदलले संसदबाट पास हुन नहुने सुझाव दिएको छ। जसमा परराष्ट्रमन्त्री ज्ञवालीले फरक मत राखेका छन्।

प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७  २०:२४
  • #ncp
  • #mcc

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे बिहीबारको तुलनामा आज प्रतितोला सुन रु नौ हजार २०० र चाँदी रु ३२० ले बढेको छ । शुक्रबार, माघ ९, २०८२
सुनचाँदीको मूल्य घट्यो महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यो अघिल्लो दिनको तुलनामा प्रतितोला २ ह... बिहीबार, माघ ८, २०८२
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४७ रुपैयाँ २ पैसा निर्धारण गरिएको छ । बिहीबार, माघ ८, २०८२
ताजा समाचारसबै
महावीर पुनलाई त्रिभुज चुनाव चिह्न प्रदान शुक्रबार, माघ ९, २०८२
राष्ट्रियसभामा तीन अध्यादेश पेस शुक्रबार, माघ ९, २०८२
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ९ निर्णय (सूचीसहित) शुक्रबार, माघ ९, २०८२
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय शुक्रबार, माघ ९, २०८२
प्रतिनिधि सभा निर्वाचन : देशभर ४९ जनाले फिर्ता लिए उम्मेदवारी शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी शुक्रबार, माघ ९, २०८२
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू बिहीबार, माघ ८, २०८२
ओखलढुंगामा सन्त तामाङद्वारा उम्मेदवारी फिर्ता, नेकपाका अमिरबाबु गुरुङलाई समर्थन शुक्रबार, माघ ९, २०८२
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले दिए राजीनामा बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्