• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक २, २०८२ Sun, Oct 19, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

देशका सात कोरोना हटस्पट : कहाँ कति संक्रमित? 

64x64
दुर्गा दुलाल शुक्रबार, जेठ ९, २०७७  १२:५०
1140x725

काठमाडौं- कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण देशभर तीन जनाले ज्यान गुमाएका छन्। हालसम्म (शुक्रबार मध्याह्न) ३८ जिल्लामा फैलिइसकेको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ सय ८७ पुगेको छ।

सिन्धुपाल्चोक, बाँके र रुपन्देहीमा एक-एक जना संक्रमितले ज्यान गुमाउँदा ७० जना बिरामी उपचारपछि निको भएर फर्केका छन्। यो भाइरसले देशका सातै प्रदेशमा आक्रमण गरिसकेको छ।

कोरोना भाइरसको संक्रमणबाट प्रदेश १, २ र ५ मा बढी प्रभावित छन्। भारतीय सीमासँग जोडिएका जिल्लामा धेरै संक्रमित फेला परिरहेका छन्।

नेपालका धेरै मानिस भारतमा रोजगारीमा भएको र भारतसँगको खुला सीमाको कारण नेपालमा सहज रुपमा संक्रमण फैलिएको देखिन्छ।

कोरोना हटस्पटको रुपमा रहेका झापादेखि उदयरपुरसम्मका क्षेत्रमा अहिले संक्रमण देखिएका व्यक्तिलाई अस्पतालको आइसोलेसनमा राखिएको छ भने हजारौं क्वारेनटाइनमा छन्।

नेपालमा धेरै कोरोना संक्रमित भएका जिल्लामा बाँके, पर्सा, कपिलवस्तु, उदयपुर, रुपन्देही, झापा र रौतहट हुन्। यी जिल्लामा दस भन्दा धेरै कोरोना संक्रमित फेला परेका छन्। बाँकेमा एक जनाले कोरोना भाइरसका कारण ज्यान गुमाएका छन् भने अन्य क्षेत्रमा संक्रमितहरु उपचार भएर फर्कने क्रम चलिरहेको छ। 

कोरोनाका हटस्पट 
बाँके 

कोरोना भाइरसको सबैभन्दा प्रभावित क्षेत्र प्रदेश ५ को बाँके भएको छ। बाँकेमा हालसम्म १०१ जना कोरोना संक्रमित फेला परेका छन् भने एक जनाले ज्यान गुमाएका छन्। बाँकेमा भारतबाट आएका र अन्य गरी १६ सय जनालाई क्वारेनटाइनमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए। संक्रमितलाई  सुशील कोइराला क्यान्सर प्रखर अस्पताल, लाइन्स डेन्टल अस्पताल, कृषि विकास बैंकको आइसोलेसनमा राखेर उपचार गराइरहेको उपाध्यायले बताए। 

भारतबाट आएकाहरुको टेस्टिङ कार्य चलिरहेको र कोरोना संक्रमण देखिएका क्षेत्रलाई सिल गर्ने र उक्त क्षेत्रमा कन्ट्याक ट्रेसिङको कार्य पनि चलिरहेको उनले बताए।

Ncell 2
Ncell 2

हटस्पट नरैनापुर
बाँकेको कोरोना हटस्पट नरैनापुर गाउँपालिका भएको छ। यो गाउँपालिकाका मात्र ७५ जना संक्रमित फेला परेका छन्। नरैनापुरका गाउँपालिका अध्यक्ष इस्तियाक अहमद साहका अनुसार ५ नम्बर वडा अहिले कोरोनाको हटस्पट बनेको छ। यहाँ रहेको क्वारेनटाइनमा धेरै मात्रामा संक्रमित फेला परेको र उनीहरुको परीक्षण गरेर अस्पताल पठाउने कार्यमा आफूहरु खटिएको उनले बताए। संक्रमितका परिवारहरुको कन्ट्याक ट्रेसिङ चलिरहेको उनले जानकारी दिए। 

यहाँ २५ वर्षीय युवकको मृत्यु भइसकेको छ। जेठ ५ गते मात्रै ४७ जनामा कोरोना देखिएपछि यो क्षेत्र हटस्पटमा रुपमा रहँदै आएको छ।

यहाँ क्वारेन्टाइनमा रहेकामध्ये अधिकांश भारतबाट आएका नेपाली हुन्। नेपालगञ्जबाट ३५ किलोमिटर टाढा रहेको यो गाउँपालिका विकासको दृष्टिकोणले पछाडि छ। बाँकेको राप्तीपारिको यो गाउँपालिकाका अधिकांश मानिस रोजगारीका लागि भारतका विभिन्न सहरमा जान्छन्। तीमध्ये धेरै त भारतको मुम्बईमा छन्।

भारतसँग सिमाना जोडिएको यो गाउँपालिकामा धेरै जना लुकेर राति नेपाल प्रवेश गरेका थिए। नेपाल–भारत सीमा क्षेत्रको घना जंगल छिचोलेर समेत उनीहरु यहाँ आउने गरेका छन्।

कति त राति नै घरमा गएर लुकेर बस्ने भएकाले स्थानीय जनप्रतिनिधिले अर्को दिन मात्रै थाहा पाएर क्वारेन्टाइनमा लैजाने गरेका थिए। जसका कारण कोरोना जोखिमले एकै पटक बढेको थियो। भौतिक संरचनाको अभाव भएकाले सबैलाई गाउँपालिका भित्रका १२ विद्यालयमा क्वारेन्टाइनमा राखिएको छ।  

पर्सा 
धेरै संक्रमित रहेको अर्को जिल्ला हो पर्सा। पर्सामा हाल ९६ जना संक्रमित रहेका छन्। प्रदेश २ को यो जिल्लामा पत्रकारलाई पनि कोरोना संक्रमण भएको पाइयो। वीरगञ्ज र जनकपुरका पत्रकार र सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएपछि यो क्षेत्रमा झन् त्रास फैलियो।

पर्सामा हाल १६ महिला, ८० पुरुष संक्रमित छन्। पर्साको क्वारेनटाइनमा ४३१ जना रहेका छन्। यसरी संक्रमित भएकामध्ये धेरै वीरगञ्ज महानगरपालिकाका रहेका छन्।

कोरोना संक्रमित ७२ जनालाई नारायणी अस्पताल र २४ जनालाई सिद्धार्थ माविको आइसोलेसनमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए। जिल्लाले धेरै कोरोना संक्रमित देखिएको क्षेत्रमा सिल गर्नेदेखि कफ्र्यु लगाउनेसम्मको कार्य गरेको उनले बताए। संक्रमण रोक्न भारतबाट आउनेलाई अनिवार्य रुपमा क्वारेनटाइनमा राख्ने काम गरिएको उनले बताए।

परीक्षणलाई तिव्रता दिँदै कन्ट्याक ट्रेसिङको काम पनि चलिरहेको उनले जानकारी दिए। सिद्धार्थ माविमा रहेकाहरुलाई गण्डक अस्पतालमा सार्ने तयारी भएको उनको भनाइ छ। हालसम्म पर्सामा चार जना बिरामी निको भएर घर फर्केका छन्। तीमध्ये २ जनामा पुनः कोरोना संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको थियो।

कपिलवस्तु 
कोरोना संक्रमित धेरै भएको अर्को जिल्ला हो कपिलवस्तु। कपिलवस्तुमा ६९ जना कोरोना संक्रमित रहेका छन्। प्रदेश पाँचको कपिलवस्तुमा पनि भारतीय सीमा–नाकाबाट आएका मानिसबाट कोरोना संक्रमण सुरु भएको थियो। खुला सीमाका कारण र रातमा मानिस छिर्दा यहाँ कोरोनाको जोखिम बढिरहेको छ।

शुक्रबार बिहान जारी भएको तथ्यांकमा २ जना पत्रकार पनि संक्रमण पुष्टि भएका छन्। समाचार संकलनका लागि फिल्डमा जाने गरेका ती पत्रकारमा कोरोना पुष्टि भएको हो। उनीहरू वाणगंगा र कपिलवस्तु नगरपालिकाका २४ र २९ वर्षका पुरुष हुन्। 

हटस्पट यशोधरा
सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीका अनुसार कपिलवस्तुको यशोधरा गाउँपालिकामा धेरै संक्रमित फेला परेका छन्। उक्त गाउँपालिकामा १२ जना संक्रमित पाइएका छन्। गाउँमा ठूलो मात्रामा संक्रमित भेटिएपछि उनीहरुसँग सम्र्पकमा पुगेका व्यक्तिहरुको खोजी गर्ने र परीक्षण गर्ने कार्य भइरहेको उनले बताए।  

गाउँपालिका अध्यक्ष गिरजेशकुमार पाण्डेका अनुसार उक्त गाउँपालिका सिल गरेर परीक्षण गरिएको र अन्य क्षेत्रमा पनि परीक्षण चलिरहेको बताए। खासगरी भारतबाट आउने मानिसलाई क्वारेनटाइनमा राख्ने कार्य चलिरहेको उनले बताए। 

वाणगंगा र यशोधरा क्षेत्रमा पनि कोरोना संक्रमितको संख्या वृद्धि भइरहेको छ। शुक्रबारमात्र उक्त क्षेत्रमा ९ जना कोरोना संक्रमित थपिएका छन्। 

कपिलवस्तुमा पहिलो कोरोना संक्रमित बिरामी वैशाख१९ गते फेला परेका थिए। त्यसको एक सातापछि २ जना थपिएको कोरोना अस्पताल बुटवलका डा सुर्दशन थापाले बताए।

‘वैशाखको अन्तिमपछि कोरोना संक्रमित देखापर्ने क्रम तीव्र भएको छ,’ डा थापाले भने, ‘अहिले पनि थपिइरहेको छ।’ कपिलवस्तुमा भारतसँग धेरै स्थानबाट सीमा जोडिएको छ। कृष्णनगर यहाँको मुख्य नाका हो। करिब ६० किलोमिटर भाग भारतसँग सिमाना जोडिएको छ। यी सबै खुला सीमा हुन्।

६० किलो मिटरभित्र जुनसुकै स्थानबाट पनि नेपाल छिर्न सकिन्छ र अहिले केही स्थानमा भने सशस्त्र प्रहरीलाई राखिएको छ। कपिलवस्तुका ५९ जना संक्रमितमध्ये १ जना निको भएर घर फर्केका छन्।

सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले स्थानीयमा नभई भारतबाट आएका व्यक्तिहरुबाट कोरोना संक्रमण भएको बताए। अस्पतालमा कार्यरत एक नर्स र एक सुरक्षाकर्मीमा पनि कोरोना सरेको नेपालीले बताए। यीबाहेक अन्य सबै भारतबाट नेपाल आएका व्यक्तिहरु भएको उनले बताए।

अहिले कपिलवस्तुमा ७ हजार ५ सय ४७ क्वारेनटाइनमा रहेका छन्। ६६९ जनाको स्वाब संकलन गरिएको र शंकास्पद ६२५ जनाको परीक्षण भइरहेको उनले बताए। संक्रमितमध्ये कोरोना अस्पतालमा बुटवलमा स्थान अभाव भएपछि केहीलाई दाङ पठाइएको छ। कपिलवस्तुमा ९ देखि १६ जनाको चिकित्सकीय टोली उपचारका लागि खटिएको छ। अस्पतालमा ५० बेड छन्।

उदयपुर 
कोरोना संक्रमित धेरै भएको अर्को क्षेत्र उदयपुर हो। प्रदेश १ को यो जिल्लामा भुल्केबाट कोरोना संक्रमण फैलिएको थियो। कसबाट र कोबाट फैलियो हालसम्म पत्ता लाग्न सकेको छैन। एक पत्रकारलाई पनि यहाँ कोरोना संक्रमण भएको पाइएको थियो। हाल उदयपुर जिल्लामा ३३ जना कोरोना संक्रमित रहेका छन्। 

हटस्पट भुल्के
उदयपुरको त्रियुगा नगरपालिका अन्र्तगत रहेको भुल्के सुरुमै कोरानाको हटस्पटको रुपमा देखिएको थियो। उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईका अनुसार भुल्के बाहेक जम्मा एक जना मात्र अन्यत्र कोरोना संंक्रमित फेला परेका छन्। 

त्रियुगा नगरपालिका मेयर बलदेव चौधरीका अनुसार उक्त क्षेत्रमा अहिले पनि कोरोना संक्रमण कसरी फैलियो भनेर खोजी भइरहेको छ। वैशाख ६ गते भुल्केको एक मस्जिदमा रहेका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

उदयपुरका संक्रमितको उपचारका लागि प्रदेश नम्बर १ अन्तर्गत विराटनगरस्थित कोशी अञ्चल अस्पताल र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान मात्र छन्। यी दुवै अस्पतालमा ५०÷५० बेड छन्।  

स्वास्थ्य परीक्षण गरेर मात्रै जिल्ला प्रवेश 
बाहिरी स्थानबाट जिल्ला प्रवेशमा कडाइ गरेको उदयपुरले अत्यावश्यक अवस्थामा जिल्ला प्रवेश गर्न दिएको छ। अत्यावश्यक अवस्थामा जिल्ला प्रवेश गर्नेहरुका लागि पनि जिल्ला प्रवेश गर्ने सिमानामा हेल्थ डेस्क राखिएको छ। जिल्ला प्रवेश गर्ने व्यक्तिहरुलाई ज्वरो लगायत प्रारम्भिक स्वास्थ्य परीक्षण गरेर मात्रै जिल्ला प्रवेश गर्न पाउने व्यवस्था लागू गरिएको छ। 

उदयपुरमा बढी संक्रमित देखिएको स्थान भुल्के सिल गरिएको थियो। अन्य स्थानमा संक्रमण फैलिए ती स्थान पनि सिल गर्ने तयारी प्रशासनको छ। जुन स्थानमा कोरोना संक्रमण फैलिएको छ, त्यो ठाउँलाई सिल गर्ने र कोरोना संक्रमितको सम्पर्कमा आएका अन्य व्यक्तिहरुको कोरोना परीक्षण गर्ने कार्य भइरहेको उदयपुर जिल्ला प्रशासन कार्यालयको भनाइ छ। उदयपुरमा ५०० जना क्वारेनटाइनमा रहेका छन् । 

रुपन्देही 
कोरोना संक्रमित धेरै भएको अर्को जिल्ला रुपन्देही हो। रुपन्देहीमा हालसम्म २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमण पुष्टि भएका अधिकांश भारतबाट आएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए। 

अहिलेसम्म गैडहवा गाउँपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, मायादेखि गाउँपालिका, महत्वारी गाउँपालिकाबासीमा कोरोना संक्रमण देखिएका छन्। संक्रमितलाई बुटवलको धागो कारखानामा स्थापना गरिएको कोरोना अस्पताल तथा भैरहवाको भीम अस्पताल लगायतमा आइसोलेसनमा राखिएको छ। 

बोर्डर खुला भएको हुँदा मानिसहरू लुकिछिपी आउनसक्ने भएकाले स्थानीयहरुले नै निगरानी बढाएका छन्। गाउँमा कोही बाहिरबाट आउनेबित्तिकै स्थानीय प्रशासनलाई जानकारी दिने र स्थानीय प्रशासनले उनीहरुलाई क्वारेन्टाइनमा लैजाने गरेको छ। भारतबाट आउन सक्ने सम्भावना भएकोले तनाव सिर्जना भएको पन्थ बताउँछन्। 

पर्याप्त मात्रामा किट नभएकोले धेरै जनाको परीक्षण गर्नसक्ने अवस्था नरहेको उनले बताए। स्वास्थ्यकर्मीहरुका लागि पनि पर्याप्त मात्रामा स्वास्थ्य उपकरण नभएकाले उपचारका लागि समस्या देखिँदै आएको छ। खुला सिमाना भएको हुँदा बोर्ड सिल गर्दा पनि राति–राति लुकिछिपी आउने सम्भावना धेरै भएकाले रुपन्देही भोलिका दिनमा पनि खतराको सूचीमा छ। 

झापा 
झापामा बिहीबार बिहान १५ जनामा कोरोना संक्रमण देखिएसँगै जिल्लामा संक्रमितको संख्या ३५ पुगेको छ। २ जना भने उपचारपछि निको भएका छन्। ३१ जना अहिले पनि आइसोलेसनमा छन्। 

उनीहरु सबै लकडाउनकै बीचमा सीमा क्षेत्रबाट नेपाल छिरेका थिए। संक्रमितहरु गाउँपालिकाको क्वारेन्टाइनमा बसेका थिए। सुरुमा झापाको दमक र बाह्रदशीमा दुई जनामा संक्रमण देखिएको थियो।

उनीहरु सबै भारतको मुम्बई र दिल्लीलगायत विभिन्न सहरमा रोजगारीका लागि गएर फर्किएका हुन्। संक्रमित युवाहरु सीमा नाकामा आएर अलपत्र परेका थिए। सीमा क्षेत्रमा आएर भोकभोकै बस्न थालेपछि भारतीय सीमा प्रहरी एसएसबी र नेपाल पक्षका सीमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मी र जनप्रतिनिधिको सहयोगमा उनीहरुलाई नेपाल ल्याएर क्वारेन्टाइनमा राखिएको उनले बताए। 

हटस्पट कचनकवल
झापामा १४४.२ किलोमिटर सीमा क्षेत्र भारतसँग खुला छ। कचनकवल गाउँपालिकामा कोरोना संक्रमण देखिएकै दिन १ सय नेपाली नागरिक गाउँपालिका भित्रका बोर्डरबाट नेपाल भित्रिएका थिए। त्योसँगै अहिले १६५ जना कचनकवल गाउँपालिकाको क्वारेन्टाइनमा बसेका छन्। 

‘भारतमा रेल सञ्चालनमा आएर लकडाउन केही खुकुलो बनाएसँगै नेपालीहरु सीमामा आउने क्रम तीव्र छ। सुरक्षित व्यवस्थापन गरिएन भने यसले भयानक रुप लिन सक्छ,’ झापाका प्रमुख जिल्ला अधिकारी मगरले भने,  ‘त्यसैले यहाँ उच्च सुरक्षाका साथ स्थानीय निकायसँको समन्वयनमा काम भइरहेको छ।’ 

यता पूर्वी नेपालको काँकडभिट्टा पानीट्यांकी सीमा–नाकामा महिनौंदेखि अलपत्र परेका नेपालीलाई ल्याउन गृह मन्त्रालयले लिखित निर्देशन नदिएपछि दुवै देशका सुरक्षाकर्मीहरुले आपसी समझदारीमा थोरै थोरै संख्यामा नेपाली मेची पुलमुनिबाट नेपाल प्रवेश गरेका छन्। जिल्लामा मंगलबार र बुधबार गरेर २ दिनमा करिब ६ सय नेपाली नेपाल प्रवेश गरेका छन्। त्यसरी नेपाल आएकालाई जिल्लाका मेची क्याम्पस र कलबलगुडी प्रशिक्षण केन्द्रमा रहेको क्वारेन्टाइनमा राखिएको छ। 

संक्रमित देखिएको क्षेत्र कचनकवल गाउँपालिकाका ७ वटै वडा बुधबारदेखि जेठ ११ गते सम्मका लागि सिल गरिएको छ। बुधबारै गाउँपालिकाबाट थप ६५ जनाको स्वाब टेस्टका लागि पठाइएको छ। कचनकवलमा देखिएका संक्रमितलाई विराटनगरस्थित कोभिड अस्पताल लगिएको छ।

३० जना क्वारेनटाइनमा राखिएको छ। कोरोना संक्रमितलाई कोशी अञ्चल अस्पतालमा पठाइएको गाउँपालिका उपाध्यक्ष निमसरी राजवंशीले बताइन्। ‘जसजसलाई देखियो, उहाँहरुको सम्र्पकमा आएका व्यक्तिहरुको खोजी हामीले तीव्र पारेका छौं। उहाँहरुको खोजीपछि परीक्षण गरिने छ,’ उनले बताइन्। बिरामीहरुलाई कोशी अञ्चल अस्पताल र बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने गरिएको छ। 

रौतहट 
कोरोना धेरै फैलिएको अर्को जिल्ला हो रौतहट। रौतहटमा २२ जना कोरोना संक्रमित रहेका छन्। रौतहटमा भेटिएका कोरोना संक्रमित भारतबाट आएका नेपाली हुन्। प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेका अनुसार उनीहरु खुला नाकाबाट छिरेका र केही भारतीय क्वारेनटाइनबाट आएका पनि रहेका छन्। रौतहटामा हाल १४ सय जना क्वारेनटाइनमा रहेका छन्। 

यो क्षेत्रको इशानाथ र राजपुर दुई गाउँपालिका हटस्पटको रुपमा देखा परेका छन्। यी दुवै ठाउँमा गरी १७ जना कोरोना संक्रमित उपचाररत रहेका छन्। उनीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको छ। 

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७  १२:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
मतदाता सूचीमा नाम दर्ता गरेर मतदान अधिकार सुनिश्चित गर्न प्रधानमन्त्रीको आग्रह आइतबार, कात्तिक २, २०८२
रास्वपाको सचिवालय विस्तारप्रति तोसिमा असन्तुष्ट, मध्यमार्गी शक्ति निर्माण गर्न माग आइतबार, कात्तिक २, २०८२
मोहन वैद्यले दिए राजीनामा, महासचिवमा सीपी गजुरेल आइतबार, कात्तिक २, २०८२
सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँ घट्यो आइतबार, कात्तिक २, २०८२
पाकिस्तान र अफगानिस्तानबीच युद्धविराम गर्ने सहमति आइतबार, कात्तिक २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अनामनगरको एक स्टुडियोमा युवतीद्वारा आत्मदाह प्रयास शनिबार, कात्तिक १, २०८२
सात सालपछिकै सबैको सम्पत्ति छानबिन गर्न ओलीको चुनौती शनिबार, कात्तिक १, २०८२
अफगानिस्तानको आरोप : पाकिस्तानले युद्धविराम सम्झौता उल्लंघन गर्‍यो शनिबार, कात्तिक १, २०८२
अमेरिकामा ट्रम्पविरुद्ध विशाल प्रदर्शन आइतबार, कात्तिक २, २०८२
पाकिस्तान र अफगानिस्तानबीच युद्धविराम गर्ने सहमति आइतबार, कात्तिक २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
ओमान क्रिकेट एकेडेमीमा सामोआविरुद्ध यूएईद्वारा छक्काको वर्षा, २२६ रनको विशाल लक्ष्य बुधबार, असोज २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्