काठमाडौं- दार्चुलाको कालापानी क्षेत्र छाङ्गरुमा सशस्त्र प्रहरी बलको ब्यारेक बनाउने प्रक्रिया अघि बढेको छ।
छाङ्गरुमा बस्ने बोर्डर आउट पोस्ट (बिओपी) भवन निर्माणका लागि ११ करोड रुपैयाँ बजेट छुट्याइएको र बिहीबार बोलपत्र समेत आह्वान भइसेकेको छ। भवन निर्माण भइसकेपछि यही ठाउँमा सशस्त्र प्रहरी बलका १ सय ६० फौजसहितको गुल्म राख्ने गृह मन्त्रालयको तयारी छ।
यही गुल्म मातहत कालापानी नजिकको कौवा र चीनको नाका छेउ तिंकरमा थप दुई वटा बिओपी राखिने गृह मन्त्रालयले जनाएको छ। त्यसका लागि जग्गा खरिद प्रक्रिया समेत अघि बढाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।