काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल सरकारलाई स्वास्थ्य सम्बन्धी थप सुरक्षा उपकरण हस्तान्तरण गरेको छ।
संघले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् चीन, दक्षिण कोरिया र मकाउबाट प्राप्त सहयोग स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बिहीबार हस्तान्तरण गरेको हो।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ती सामग्रीहरु संघका उपाध्यक्ष सोनाम लामाले स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखका महानिर्देशक महेन्द्र श्रेष्ठलाई हस्तान्तरण गरेका हुन्।
हस्तान्तरण गरिएका सामग्रीमा केएन-९५ मास्क १२ हजार थान, सु कभर २ हजार थान, चश्मा २ हजार थान र आइआर थर्मामिटर १ सय ९० थान रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।