काठमाडौं- गणेशमान सिंह अध्ययन प्रतिष्ठानले कोभिड-१९ ले पारेको प्रभावको अध्ययन प्रतिवेदन उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई बुझाएको छ।
अर्थविज्ञ सम्मिलित समितिले गरेको अध्ययन प्रतिवेदन संस्थाका अध्यक्ष नविन्द्रराज जोशीले हस्तान्तरण गरेका हुन्। कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितका संयोजक समेत रहेका पोखरेललाई बिहीबार हस्तान्तरण गरिएको हो।
अंग्रेजीमा समेत तयार गरिएको ‘सर्भाइवल, रिभाइवल, एन्ड बियोन्ड: नेपाल्स स्ट्राटेजी टु म्यानेज द इम्प्याक्ट अफ कोभिड-१९’ पोखरेललाई बुझाइएको हो।
अध्ययन समितिले करिब २ खर्बको आर्थिक राहत प्याकेज ल्याउनेपर्ने निष्कर्ष निकालेको छ। जीवनयापनमा समस्या परेकालाई नगद वा खाद्यान्न उपलब्ध गराउनुपर्ने, कोभिड-१९ को व्यापक परीक्षण गर्नुपर्ने, एसइई परीक्षा खारेज गर्नुपर्ने लगायतका सुझाव प्रतिवेदनमा समेटिएको छ। स्वास्थ्यकर्मी र अग्रभागमा रहेर काम गर्नेको मनोबल बढाउन भत्ता तथा सुरक्षाको स्तर बढाउन पनि प्रतिवेदनमा सुझाइएको छ।
पोखरेलले प्रतिवेदनलाई अध्ययन गरी बजेटमा समावेश गर्न सकिने विषयलाई सम्बोधन गरिने आश्वासन दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।