जुम्ला- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अस्पतालमा हुने भीडभाड कम गर्न टेलिफोनबाटै बहिरंग विशेषज्ञ सेवा सुरु गरेको छ। कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले उपचार सहज बनाउन टेलिफोनबाटै विशेषज्ञ सेवा सुरु गरिएको हो।
अस्पताल आउनु नपर्ने र नसक्ने बिरामीका लागि सो सेवाको सुरुआत गरिएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताए।
अस्पतालमा आकस्मिक, बहिरंग र शल्यक्रिया सेवा उपलब्ध छ। प्रतिष्ठानमा कार्यरत कर्मचारी, बिरामी र समुदायको सुरक्षाका लागि समेत सो सेवा प्रभावकारी हुने उनको भनाइ छ।
हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा पूजनकुमार रोकायाले बिहान ८ देखि १० बजेसम्म मोबाइल फोनबाट बिरामीलाई सेवा दिइने जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।