काठमाडौं- काभ्रेमा जिप दुर्घटना हुँदा २ जना बेपत्ता भएका छन्। काभ्रेको भुम्लु गाउँपालिका–८ मा सो जिप दुर्घटना हुँदा दुई जना बेपत्ता भएका हुन्। दोलालघाटबाट चौरीदेउराली जाँदै गरेको सो जिप ब्रेक फेल भएपछि दुर्घटनामा परेको हो।
काभ्रेका एसपी रवि पौडेलका अनुसार खाद्यान्न लिएर गएको बोलेरोमा तीन जना यात्रु थिए। 'तीमध्ये दुई जना ब्रेक फेल भएपछि हाम्फाले। हाम्फालेका दुवै जना सुनकोशीमा खसेका हुन सक्छन्,' पौडेलले भने, 'तर जिपभित्रै बसेकी महिलाको अवस्था भने सामान्य छ।' पौडेलकाअनुसार जिप केही तल पुगेर रोकिएको थियो।
बेपत्ताहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।