काठमाडौं- प्रभु बैंकले हाल प्रयोग गर्दै आइरहेको बैंकिङ सफ्टवेयर प्रतिस्थापन गर्ने भएको छ।
‘कोर बैंकिङ सिस्टम माइग्रेसन’ गर्नका लागि भन्दै बैंकले जेठ १५ गते अपरान्ह ५ बजेदेखि जेठ १८ गते बिहान ९ बजेसम्म सम्पूर्ण सेवाहरु बन्द गर्ने भएको छ।
यस अवधिमा बैंकका कुनै पनि सेवाहरु सञ्चालनमा नरहने बैंकले जनाएको छ।
बैंकले सार्वजनिक सूचना जारी गरेर सम्पूर्ण ग्राहक तथा नियमनकारी निकायहरुलाई जानकारी गराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।