• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ९, २०८३ Fri, Sep 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

लकडाउनमा कसरी बढ्यो ७९ अर्ब निक्षेप?

  कर्जा लगानी नहुँदा बैंकमा पैसा थुप्रिन थाल्यो
64x64
अरुण सापकोटा मंगलबार, जेठ ६, २०७७  १९:०१
1140x725
फाइल तस्बिर।

काठमाडौं- लकडाउनको अवधिमा पनि वाणिज्य बैंकहरुमा ७९ अर्ब रुपैयाँ निक्षेप वृद्धि भएको छ। नेपाल सरकारले कोभिड-१९ को संक्रमणलाई नियन्त्रण तथा रोकथाम गर्नका लागि चैत ११ गतेदेखि लकडाउन गर्दा सम्पूर्ण आर्थिक क्रियाकलाप ठप्प भएका बेला बैंकहरुको निक्षेप भने बढिरहेको देखिएको हो। 

चैत महिनामा बैंकहरुको निक्षेप ४९ अर्ब रुपैयाँ बढेकोमा बैंशाख महिनामा ३० अर्ब रुपैयाँले बढेको देखिएको हो। वाणिज्य बैंकहरूले बैंसाखसम्ममा ३२ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप बढाएका हुन्।

निक्षेप संकलन बढेपनि कर्जा विस्तार भने बैंसाख महिनामा १६ अर्ब रुपैयाँले कम भएको छ। चैत महिनामा ४२ अर्ब रुपैयाँ कर्जा विस्तार भएकोमा बैसाख महिनामा भने घटेको देखिन्छ। बैसाख मसान्तसम्ममा बैंकहरूले २८ खर्ब २९ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन्।  

 

लकडाउनको सुरुवाती अवस्थामा बैंकबाट पैसा झिक्नेको संख्या बढेको थियो। तर पछिल्लो समय तिनै निक्षेपकर्ताले पहिला झिकेको पैसासमेत जम्मा गर्न थालेका छन्। लकडाउनको अवधिमा घरमा पैसा राख्नुभन्दा बैंकमा राख्दा ब्याज आउँछ भनेर सर्वसाधारणले आफूसँग भएको नगद पनि बैंकमा लगेर राख्न थालेकाले निक्षेप संकलनमा वृद्धि भएको देखिएको हो। 

निक्षेपको प्रमुख स्रोत रेमिट्यान्स लगभग आउनै छाडेपनि बैंकहरुमा भने रकम संकलन भइरहेको देखिएको हो। नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार फागुनको तुलनामा चैत महिनामा रेमिट्यान्स ५६ प्रतिशत घटेको छ। केही मात्रामा आएको रेमिट्यान्स पनि खर्च गर्ने ठाउँ नभएको हुँदा बैंकमै जम्मा भएर बसेको नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा बताउछन्।

उनका अनुसार लकडाउनका कारण सर्वसाधारणले खर्च गर्न पाएका छैनन्। खर्च गर्न नपाउँदा भएको निक्षेप घट्ने अवस्था रहँदैन। साथै आन्तरिक रुपमा सञ्चालन भइरहेका खाद्यान्न, औषधिलगायत अत्यावश्यक व्यापार सञ्चालन भइरहेको छ। यसले गर्दा आन्तरिक रुपमा निक्षेप सिर्जना भइरहेको शर्माको भनाइ छ।   

Ncell 2
Ncell 2
nimb
nimb

सरकारको राजस्व पनि बैंकिङ प्रणालीमै रहने भएकाले चैत मसान्तमा भुक्तानी भएको राजस्व बैंकमा निक्षेपको रुपमा जम्मा भएर रहेको छ। सरकारले थोरैथोरै भए पनि खर्च गरिरहेको छ। सरकारले खर्च गर्दा उक्त पैसा बैंकिङ प्रणालीमा आउँछ। यसले पनि बैंकमा निक्षेप जम्मा भइरहेको हुन्छ। नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्ने हो भने सरकारलगायत धेरै क्षेत्रतर्फको खर्च घटेको छ। 

आयात ५१ प्रतिशतले घटेको छ। भ्रमण खर्चमा भारी गिरावट आएको छ। सरकार आफैँको खर्च ४७ प्रतिशतले घटेको छ। भएको स्रोत प्रयोग हुन सकेको छैन। साथै सुस्त गतिमा भएपनि दैनिक अत्यावश्यक सामग्रीको व्यापारव्यवसाय निरन्तर छ।  

लकडाउनका कारण बैंकहरुमा कर्जाको माग नै नआएको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले बताए। चैत ३० गते एनसेलले पुँजीगत लाभकर पुर्ण रुपमा भुक्तानी गरेको थियो। जतिबेला एनसेलले केही रकम बैंकहरुबाट ऋण लिएर तिरेको थियो। लकडाउनको अवधिमा एनसेलबाहेक नयाँ कर्जा लैजाने ऋणी कोही पनि छैनन्। यसले गर्दा बैंकमा पैसा मात्रै थुप्रिएर बसेको छ। 

लकडाउन अवधिभर कसैको पनि नयाँ लगानी गर्ने कन्फिडेन्स नभएको हुँदा कर्जा जान नकसकेको शर्मा बताउछन्। सरकारले लगातार लक डाउन गर्दै आएको छ। सामान्य हिडडुल पनि गर्न नपाउने भए पछि कसैले पनि नयाँ कर्जाको माग गर्न सक्ने अवस्था रहँदैन।

Xtrem

Xtrem

लकडाउन पछि भने बैंकहरुबाट राम्रैसँग कर्जा प्रवाह हुने शर्मा बताउँछन्। अहिले बैंकमा पैसा थुप्रिए पनि भोलिका दिनमा नयाँ निक्षेपको स्रोत थप सुक्दै छ। नयाँ कर्जाको माग आउने तर निक्षेपको स्रोत नहुने बित्तिकै बैंकिङ प्रणालीमा पैसा नहुने शर्माको तर्क छ। अहिले कर्जा गएन भनेर आत्तीने ठाँउ नभएको उनी बताउछन्। 

लकडाउन लम्बिँदै जाने र निक्षेप मात्रै बढ्दै जाने हो भने बैंकको खर्च बढ्दै जानेछ। यस अवधिमा बैंकहरुको सेवा शुल्क बापतको आम्दानी लगभग ठप्प छ। अर्को तर्फ व्याज खर्च लगातार बढिरहेको छ। कर्जा बढ्नुको सट्टा घट्दै जाँदा व्याँज आम्दानी घट्दै जाने छ। 

निक्षेप र कर्जा लगानी तत्कालका लागि घटेपनि बैंकहरु भने समस्यामा नरहेको राष्ट्र बैंकका भट्ट बताउछन्। बिग्रन सक्ने कर्जाका लागि नेपाल राष्ट्र बैंकले नीतिगत व्यवस्था गरेको छ। यसले बैंकहरूलाई केही राहत पुर्‍याउनेछ। कोभिड-१९ ले क्षति पुर्याएका क्षेत्र तर्फको कर्जामा उच्च जोखिम देखिँदै छ। यो बैंकहरुको मात्रै नभएर पुरै देशको समस्या भएको हुँदा यसलाई राष्ट्रिय स्तरबाटै समाधान गर्नुपर्ने हुन्छ। यसले गर्दा बैंकहरु भोलिका दिनमा समस्याग्रस्त अवस्थामा नपुग्ने भट्टको तर्क छ।

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०७७  १९:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
एसियाली खेलकुदमा नेपालको शानदार सुरुवात, अफगानिस्तान ५ विकेटले पराजित शुक्रबार, असोज ९, २०८३
जटिल प्रसूति समस्या भएकी रुकुमकी महिलाको हवाई उद्धार शुक्रबार, असोज ९, २०८३
जापानमा आँधीपछि आएको भारी वर्षामा परी मृत्यु हुनेको सङ्ख्या ११ पुग्यो शुक्रबार, असोज ९, २०८३
कोरला नाकामा हिमपात, तल्लो मुस्ताङमा वर्षा : नेपाल–चीन व्यापारमा असर पर्ने शुक्रबार, असोज ९, २०८३
प्रतिकूल मौसमले हवाई उडान प्रभावित शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
बालेनको प्रशंसा गर्दै बास्कोटाले भने– म रास्वपा होइन, तर मैले उनलाई खुसी मनले समर्थन गरें शुक्रबार, असोज ९, २०८३
कृष्णभीर र टिङराङखानीमा पहिरो खस्यो, पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध शुक्रबार, असोज ९, २०८३
पेन्टीभित्र लुकाएर कतारदेखि काठमाडौं ल्याइयो आधा किलो सुन बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्