काठमाडौं- नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका प्रधानमन्त्रीमाथि सांसदहरुले प्रतिप्रश्न गरेका छन्।
उनीहरुले भूमिदेखि भ्रष्टाचारमसम्मको कुरा उठाएका छन्।
प्रस्तुत छ, केही प्रश्नहरुः
अमरेश कुमार सिंह
भारतको सीमाको सिमामा रहेको नेपालीलाई ल्याउने कुरा खोई?
सञ्जयकुमार गौतम
कोरोनाले देश भयावह अवस्थामा छ। देशका जनता रोग र भोकको अवस्थामा छन्। लाखौं जनता अत्तालिएका छन्। अग्रपंक्तिमा काम गर्नेहरु जोखिममा तयारी छैन। के गरिरहनुभएको छ?
लक्ष्मी परियार
दलित समुदायका बारेमा किन बोलिएन?
सुजता परियार
चीनबाट ल्याउने तर अन्य देशबाट आफ्नै खर्चमा आउन किन दिइँदैन? उनीहरु कहिलेसम्म स्वदेश आउन पाउछन्?
रंगमती शाही
सीमामा अलपत्र परेका मानिसबारे किन सरकार अलमल छ? यो जनताको सरकार होइन।
ज्ञानेन्द्रबहादुर कार्की
विपन्न किसानलाई राहत प्याकेज ल्याउने बारेमा सरकारको के सोच छ? साना उद्योगी र किसानहरुलाई राहत दिने के योजना छ?
मिनबहादुर बिक
प्याकेज मात्र भनियो तर के हो भनेर किन स्पष्ट भनिएन।
सत्यनारायण शर्मा
कोरोना भाइरसका कारण लकडाउन हुँदा दैनिक कमाएर खाने मानिसहरुको अवस्था खराब भएको छ। यसका लागि सरकारको के कार्यक्रम छ?
दिलेन्द्र बडु
ढिलो भए पनि नक्सा जारी गरेको छ यो स्वागतयोग्य छ। सडक खन्दा मात्र किन प्रधानमन्त्रीलाई जानकारी भयो? यो बारेमा चीनसँग कुराकानी भयो कि भएन?
भरत साह
लोकतन्त्रलाई विशेषण लगाउन जरुरी छ र? चीनलाई कुटनीतिक नोट पठाउने कुरा के छ?
डिला संग्रौला
खाना नपाएर मर्दैन भन्नुभएको छ। विदेशमा लाखौं मानिस खान नपाएर मर्ने अवस्थामा छन्। उनीहरुलाई कहिले ल्याउने? ल्याउनका लागि कति क्वारेनटाइन बनेका छन्?
पुष्पा भुसाल
७० प्रतिशत क्वारेनटाइन गुणस्तरीय छैन भनेर प्रधानमन्त्रीले स्वीकार गर्नु भएको छ। चार महिनासम्म पिपिई र स्वास्थ्य सामाग्री पुगेको छैन। सिंहदरबारको ढुकुटी किन खर्च गरिदैन?
गगन थापा
नक्सा जारी गरेकोमा सरकारलाई धन्यवाद दिन चाहन्छु। भूमि फिर्ता ल्याउने कुरामा केहीले आशंका गरेका छन्,कसैले विश्वास व्यक्त गरेका छन्। आशंका जित्ला कि विश्वास?
प्रदीप यादव
दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढिरहेको छ। निजी अस्पतालले बिरामी भर्ना लिएका छैनन्। निजी अस्पताललाई सरकारीकरण गरेर विरामीको उपचार गर्न सक्छौ?
देवेन्द्रराज कँडेल
आरडिटी टेस्ट विश्वले अस्विकार गरेको समयमा किन यसलाई बढाइएको छ? यसमा आर्थिक अनियमितता भएको आशंका छ।
मिनेन्द्र रिजाल
लिम्पियाधुराको नक्सा जारी गरेकोमा धन्यवाद। सत्ता टिकाउन प्रपञ्च होला। अतिक्रमित भूमि फिर्ता गराउन नेपाली कांग्रेसको के सहयोग चाहन्छ? कांग्रेस सहयोग गर्न तयार छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।