सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको प्रशंसा गर्दै नेकपाका राष्ट्रियसभा संसदीय दलका नेता दिनानाथ शर्माले कार्यक्रम ठूलो भनेर आलोचना गर्ने नभई त्यसमा समावेश भएका योजना हेनुपर्ने दाबी गरेका छ्न्।
राष्ट्रियसभामा जारी छलफलमा बोल्दै शर्माले सरकारले गर्ने काम विशाल भएका कारण पनि लामो भएको बताए। यसलाई पुनर्लेखन गर्ने प्रस्तावले यसको राम्रो कुरालाई निषेध गरेको उनले बताए। ‘राम्रोलाई समर्थन गर्नुपर्छ र नराम्रोलाई टिप्पणी गर्नुपर्छ’, उनले भने, ‘तर पुनर्लेखन भनेर लोकतन्त्रमा फरक विचार राख्न पाउने कुरा रोक्नुहुँदैन।’
संशोधन प्रस्तावलाई फिर्ता लिँदा राम्रो हुने उनले बताए।
नीति र कार्यक्रम कुन धरातमा आएको छ, त्यो हेर्नुपर्ने शर्माले बताए। नीति तथा कार्यक्रमले अहिलेको आवश्यकतालाई सम्बोधन गर्छ कि गर्दैन, लोकतन्त्रलाई टेकेको छ कि छैन र समाजवाद उन्मुख छ छैन भनेर हेर्नुपर्ने उनले बताए।
सार्वभौमसत्ता र स्वाभिमान समावेश छ छैन पनि हेर्नुपर्ने शर्माले बताए। नीति तथा कार्यक्रममा उठेको प्रश्नलाई सरकारले जवाफ दिएको उनले बताए। मन्त्रिपरिषदबाट नयाँ नक्सा जारी गरेको उल्लेख गर्दै उनले आफ्नो जमिन नछाडिने बताए।
उनले नेपालीको शीर उचो राख्ने गरी सरकारले काम गरेको दाबी गरे।
नेकपा अधिनायकवादी भयो भनेर आलोचना गर्नेहरुलाई नीति तथा कार्यक्रमले जवाफ दिने शर्माको दाबी गरे।
महामारी, आर्थिक पुनरुत्थान र रोजगारी अबको चुनौती भएको भन्दै उनले नीति तथा कार्यक्रमको दस्तावेजले समेटेको बताए। दस्तावेजमार्फत सरकारले जनतालाई बचाउने प्रतिबद्धता जनाएको उनको दाबी छ। आर्थिक संकट विरुद्ध पनि सरकारले लड्ने कुरा उल्लेख गरेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।