• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

सरकारी गाडी दुरुपयोग-५ : नेपाल भित्रिएका सबै ब्रान्डका गाडी किन्नुपर्ने बाध्यता छ सरकारलाई? 

64x64
शिव बोहरा सोमबार, जेठ ५, २०७७  १५:५३
1140x725

काठमाडौं- नेपाल सरकार मातहतका निकायसँग नेपाल भित्रिएका लगभल सबैजसो ब्रान्डाका कार छन्। वर्षौंदेखि भित्रिएका ब्रान्ड तथा एक/दुई वर्षयता भित्रिएका ब्रान्डका गाडीसमेत सरकारले खरिद गरेको छ। यस्ता गाडी महँगा र ब्रान्डेड पनि छन्। सरकारसँग सबैभन्दा सस्तो ड्याटसनको रेडिगोदेखि टोयोटाको ल्यान्ड क्रुजरसम्म र ब्रान्डमा मर्सिडिजदेखि ल्यान्ड रोभर हुँदै जिप तथा एमजीसम्मका गाडी छन्। 

सरकार आफैँले बनाएको नियम हेर्ने र त्यसैका आधारमा गाडी खरिद गर्ने हो भने महँगा र विलासी ब्रान्डका गाडी खरिद हुनै सक्दैन। तर मन्त्रीदेखि कर्मचारीसम्म सुविधाभोगी भएपछि विलासी गाडी खरिद हुने चलन नै बसेको हो। 

सरकारले नियम बनाएपछि त्यसको कार्यान्वयनलाई चासो दिएन। कार्यालयहरुलाई तजबिजमा खरिदको अधिकार दिइएको छ। कार्यालयले कार्यालय प्रयोजनका लागि १३ सय सिसी इन्जिन क्षमताको गाडीमात्र खरिद गर्न पाइने व्यवस्था छ। तर कार्यालय प्रमुखले आफूलाई मनलागेको वा चिनजान भएको आधारमा महँगा गाडी खरिद गर्दै आएका छन्। 

किन किनिन्छ सबै ब्रान्डका गाडी? 
सरकार जनताबाट उठाएको करबाट चल्ने हुँदा सकेसम्म मितव्ययी हुनुपर्ने हो। तर हाम्रो सरकार तथा कर्मचारीहरू त्यसका ठीक विपरीत छन्। सरकार आफैंले बनाएको नियम मान्दैन भने कर्मचारीहरु मन्त्रीलाई विलासी कार चढाउन आतुर हुन्छन्। 

यसका दुईवटा पाटा छन्‚ पहिलो मन्त्रीलाई विलासी कार चढाएर खुसी पार्न र दोस्रो मन्त्रीबाटै नियम मिचाइयो भने आफूले पनि विलासी कार किन्न सजिलो हुने उनीहरुको बुझाइ छ। त्यसबाट आउने अपजस मन्त्रीको काँधमा थुपार्न कर्मचारीहरु उद्धत हुन्छन्। 

गाडी बिक्रेताको ब्राण्ड प्रवर्द्धक सरकार
नेपालमा नयाँ ब्रान्डका कार भित्र्याएपछि सबैजसो बिक्रेताको सोच र चासो सरकारी निकायलाई गाडी कसरी बिक्री गर्ने भन्ने हुन्छ। व्यवसायीको यो चासो र चिन्ता समाधानमा सरकार र कर्मचारीहरू तम्तयार बस्ने र नयाँ गाडी भित्रिनासाथ ‍व्यापारीलाई फाइदा पुग्ने गरी गाडी खरिद गर्न उत्सुकता देखाउने गरेका छन्। 

सरकारी नम्बर प्लेटमा आफ्नो ब्रान्डको गाडी देखिएपछि उपभोक्तामा समेत त्यसको सकारात्मक प्रभाव पर्ने विश्वास व्यावसायी वृत्तमा छ। त्योभन्दा अर्को महत्वपूर्ण कुरा- सरकारलाई पूर्ण मूल्यामा गाडी बिक्री गर्न पाइने र उक्त गाडीको मर्मतबाट वर्षौँसम्म आम्दानीको स्रोत हुने भएकाले व्यवसायीहरु सरकारलाई गाडी बिक्री गर्न मरिहत्ते गर्दै आएका छन्। 

यदाकदा व्यवसायीहरुले सवारी खरिद गर्दा खरिद गर्ने अड्डाका प्रमुखलाई प्रलोभनमा समेत पार्ने गरेको बताइन्छ। यसको आधार गाडी बिक्रेताले उपभोक्तालाई सवारीको बिक्री मूल्यमा केही प्रतिशत छुट दिने गरेका छन्। तर सरकारी अड्डाले खरिद गर्ने गाडी पूरा मूल्यमा बिक्री गर्दै आएका छन्। तर यसको स्वतन्त्र पुष्टि भने गर्न कठिन हुन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

सरकारसँग मारुती ८०० देखि मर्सिडिजसम्म 
सरकारले नेपाली बजारमा उपलब्ध सबैभन्दा सस्तो ड्याट्सन रेडिगोदेखि मारुती अल्टो तथा ब्रान्डेड कार मर्सिडिज बेन्ज, ल्यान्ड रोभर, टोयोटा, निसान, होन्डा, हुन्डाई, कियालगायत नेपाल भित्रिएका सबैजसो ब्रान्डका गाडी किनेको छ। त्यतिमात्र होइन नेपाल भित्रिएर दुई/तीन वर्षमात्र भएको र एकाध सयवटा पनि गाडी बिक्री गरिनसकेको ब्रान्डका गाडी समेत खरिद गरेको छ। 

पछिल्ला समय नेपाल भित्रिएका विलासी ब्रान्ड जिप तथा एमजी मोरिस ग्यारेजका गाडीसमेत सरकारी निकायले खरिद गरिसकेका छन्। सरकारले खरिद गरेका ड्याटसन रेडिगोको बजार मूल्य १९ लाख रुपैयाँभन्दा बढी पर्छ भने टोयोटा ल्यान्ड क्रुजर फुल अप्सनको मूल्य ४ करोड ५२ लाख रुपैयाँसम्म पर्छ।

सरकारले खरिद गरेका अधिकांश गाडी एक करोड रुपैयाँभन्दा बढी मूल्यका छन्। ‘आफ्नो ब्रान्ड सरकारले पनि खरिद गरिसकेको छ भनेर देखाउन र बिक्रीपछि पनि सवारीको संख्याका आधारमा व्यापार भइरहने भएकाले सरकारलाई गाडी बिक्री गर्न व्यवसायीहरु मरीमेटेर लागि परेका हुन्,’ एक गाडी बिक्रेताले भने, ‘सरकारले बनाएको कानुन/नियम पालना हुने हो भने त ५०/६० लाखभन्दा बढी मूल्यका गाडी सरकारी निकायले किन्नै सक्दैनन्।’ 

त्यसो हुन नसक्नु सरकारका लागि के हो थाहा छैन तर व्यवसायीका लागि भने फाइदाकै विषय भएको ती व्यवसायी जिकीर गरे। महँगा गाडीले निम्त्याउने खर्च र त्यसको सञ्चालन खर्चसमेत महँगो नै हुन्छ। महँगा र विलासी कारको इन्जिन क्षमता पनि बढी नै हुन्छ। त्यस्ता गाडीले गर्ने इन्धन खपत समेत स्वतः धेरै नै हुन्छ। त्यस्ता गाडीको मर्मत खर्च पनि धेरै हुन्छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

महँगो गाडी खरिद गर्नु एकपटकका लागि मात्र धेरै पैसा खर्च हुने नभई त्यसले दीर्घकालीन खर्च नै बढाइदिन्छ। आज सरकारले खरिद गर्ने सवारीले बीसौं वर्षपछिसम्म आउने सरकारले त्यसको महँगो दायित्व व्यहोर्नुपर्ने हुन्छ। 

पछिल्लो समय सरकारले पुराना गाडी थन्क्याएर धमाधम नयाँ गाडी खरिद गरिरहेको छ‚ यसले राज्यलाई दीर्घकालीन भार भएको एकजना पूर्वसचिवले बताए। ‘सरकारी सवारी साधन होस् वा अन्य सामान खरिद गर्दा दीर्घकालीन रुपमा अहिले नै सोचिएन भने त्यसले आगामी दिनमा आउने सरकारलाई ठूला र अनावश्यक खर्चको दायित्व बढाइदिन्छ,’ उनले भने, ‘सरकारी सुविधामा पाइने सवारी खरिदका विषयमा सरकार अब पनि कठोर नहुने हो भने स्थिति भयाभह हुने पक्का छ।’ 

जनतालाई करको भार, त्यही करमा विलासी कार 
सरकारले निजी प्रयोजनमा प्रयोग हुने सवारी साधनलाई अहिले पनि विलासी साधनकै वर्गमा राखेर अत्यधिक कर लगाएको छ। निजी कार किन्नेले सरकारलाई कम्पनीबाट खरिद गरेको मूल्यको २ सय २४ प्रतिशतसम्म कर तिर्नुपर्छ। त्यस्तै मोटरसाइकल खरिद गर्नेले ८० देखि १ सय ५० प्रतिशतसम्म कर तिर्नुपर्छ।

सवारी बिक्रेताहरुले यसको विरोध गर्दै आएका छन्। अहिलेको जमानामा सवारीसाधन विलासी नभई अत्यावश्यक साधन भएको उनीहरुको तर्क छ। सवारीसाधनले मोबिलिटी बढाउने भएकाले त्यसको कर कम गर्नुपर्ने उनीहरुको तर्क छ। यता सरकार भने अटोमोबाइललाई राजश्वको अचुक स्रोतको रुपमा हेर्दै बढाउने मनसायमै देखिन्छ। आम मानिसलाई कार विलासीताको साधन हो भनेर कर थोपर्ने सरकार भने महँगा र विलासी गाडी खरिद गरेर सुविधाभोगमा तल्लीन छ। 

सरकारले आफ्ना मन्त्री र उच्च पदस्थ कर्मचारीले गर्ने काममा सहजता होस् र आउजाउमा सहज होस् भनेर गाडी सुविधा उपलब्ध गराउँदै आएको छ। तर पछिल्लो समय खरिद गरिएका गडी हेर्ने हो भने आवश्यकताभन्दा बढी विलासी र सुविधाभोगी भएको देखिन्छ। 

सरकारले मन्त्रीहरु, संवैधानिक निकायमा प्रमुख तथा सदस्य, नेपाल सरकार सचिव तथा सहसचिवसम्मलाई गाडी सुविधा उपलब्ध गराउँदै आएको छ। तर अधिकांश मन्त्रालयका उपसचिवले पनि गाडी सुविधा उपयोग गर्दै आएका छन्। सरकारले अनावश्यक रुपमा गाडी खरिद नगर्ने र तोकिएको मापदण्डअनुसारको मात्र गाडी किन्ने हो भने वार्षिक अर्बौं रुपैयाँ बचत हुने निश्चित छ।

यो पनि पढ्नुहोस्

 

सरकारी गाडी दुरुपयोग–४ : हृदयेशको सबैभन्दा महँगो, ब्राण्डमा प्रदीप ज्ञवाली अगाडिआइतबार, जेठ ४, २०७७

यो पनि पढ्नुहोस्

सरकारी गाडी दुरुपयोग- ३ : लोकदर्शन रेग्मीले चढाएका थिए सहसचिवलाई टुसानबिहीबार, जेठ १, २०७७

यो पनि पढ्नुहोस्

सरकारी गाडी दुरुपयोग-२ : ‘मितव्ययी’ अर्थमन्त्री नै सुविधाभोगी, परराष्ट्रमन्त्री चढ्छन् मर्सिडिजबुधबार, वैशाख ३१, २०७७

यो पनि पढ्नुहोस्

सरकारी गाडी दुरुपयोग-१ : आफैंले बनाएको नियम मान्दैन सरकारमंगलबार, वैशाख ३०, २०७७

 

प्रकाशित मिति: सोमबार, जेठ ५, २०७७  १५:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार शनिबार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६४ पैस... शनिबार, असोज ३१, २०८३
अर्थमन्त्री वाग्ले विदेश भ्रमणमा, कम्पनी नवीकरण र दर्ता खारेजीको म्याद थप्ने प्रस्ताव अलपत्र निष्क्रिय कम्पनीलाई कम्पनी ऐनअनुसार सरकारले स्वतः बन्द गर्न सक्छ। तर, नचलेका कम्पनी बन्द गर्ने नाममा करलगायतका खर्चका साथै अनावश्यक... शुक्रबार, असोज ३०, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ... शुक्रबार, असोज ३०, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्