• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

सरकारी गाडी दुरुपयोग–४ : हृदयेशको सबैभन्दा महँगो, ब्राण्डमा प्रदीप ज्ञवाली अगाडि

अधिकांश मन्त्रीको सुविधाको गाडी नियमानुसार छैन, कुन मन्त्री कुन गाडी चढ्छन्?
64x64
शिव बोहरा आइतबार, जेठ ४, २०७७  ११:३१
1140x725

काठमाडौं- नेपाल सरकारका मन्त्रीलाई सरकारले सुविधामा दिन गाडीको निश्चित मापदण्ड तोकेको छ। तर कुनै मन्त्रीले पनि तोकिएको मापदण्डअनुसारका गाडी चढ्दैनन्। बजेट तर्जुमा दिग्दर्शनमा नेपाल सरकारका विशिष्ट कर्मचारीका लागि दिइने गाडी सुविधाको बारेमा स्पष्ट व्यवस्था गरिएको छ। 

दिग्दर्शनको शीर्षक ३११२१ मा सवारी साधनको बारेमा उल्लेख छ। उक्त शीर्षकको ‘क’मा नयाँ सवारीअन्तर्गत संवैधानिक निकायका प्रमुख पदाधिकारी र मन्त्रीका लागि १६ सयभन्दा माथि २ हजार सिसीसम्मको फुल अप्सनको पेट्रोलबाट चल्ने गाडी उपलब्ध गराउने उल्लेख छ। त्यस्तै विशिष्ट श्रेणीका कर्मचारी तथा संवैधानिक निकायका सदस्यहरुका १३ सयदेखि १६ सय सिसीसम्मका गाडी सुविधा उपलब्ध गराउने व्यवस्था गरिएको छ। 

तर तोकिएको मापदण्डअनुसार गाडी सुविधा लिने न त मन्त्री नै छन् न त सचिव नै। नेपाल लाइभले कुन मन्त्रीले कुन गाडी सुविधामा प्रयोग गर्दै आएका छन् भन्ने खोज्ने प्रयास गरेको छ। मन्त्रीले पाउने सवारी सुविधामा १६ सयदेखि २ हजार सिसीसम्म इन्जिन क्षमताका पेट्रोलबाट चल्ने फुल अप्सन गाडी हुन्। तर सबै मन्त्रीले चढेका गाडी मापदण्डभन्दा बढी इन्जिन क्षमताका डिजेल गाडी छन्। 

संवैधानिक निकायका सदस्य/विशिष्ट श्रेणीका लागि १३ सयदेखि १६ सय सिसीसम्मको फुल अप्सनको पेट्रोलबाट चल्ने गाडी दिइने व्यवस्था छ। सरकारका सचिव, मुख्यसचिवले १३ सयदेखि १६ सय सिसीसम्म इन्जिन क्षमताका फुल अप्सन पेट्रोल गाडी चढ्न पाउने हो। तर, सचिवले मन्त्रीलेभन्दा सुविधायुक्त गाडी समेत चढ्दै आएका छन्। सचिव तथा सहसचिवले पनि फोर्डको इन्डेभर, कियाको स्पोर्टेजदेखि ल्यान्ड क्रुजर प्राडोसम्म छन्। 

ब्रान्डमा परराष्ट्रमन्त्री, मूल्यमा संघीय मामला र रक्षामन्त्री
ब्रान्ड भ्यालुका हिसाबले मन्त्रीहरुले चढ्ने गाडीमा सबैभन्दा ब्रान्डेड गाडी मर्सिडिज बेन्जको हो। मर्सिडिज बेन्जको गाडी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चढ्दै आएका छन्। नियमित रुपमा उनले चढ्ने मर्सिडिजको एसक्लास सेडान कार हो भने त्यसको विकल्पको रुपमा मर्सिडिजकै एसयुभी रहेको मन्त्रालयका एक अधिकारीले बताए। 

त्यसैगरी हालको बजार मूल्यका हिसाबमा सबैभन्दा महँगो गाडी चढ्नेमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री र रक्षामन्त्री पर्छन्। सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी र रक्षामन्त्री ईश्वर पोख्रेलले टोयोटाको ल्यान्ड क्रुजर चढ्छन्। हाल यसको बजार मूल्य ४ करोड ५२ लाख रुपैयाँसम्म पर्छ भने यो गाडी ४ हजार ४ सय ६१ सिसी इन्जिन क्षमताको हो। 

अन्य अधिकांश मन्त्रीहरुले टोयोटाकै ल्यान्ड क्रुजर प्राडो चढ्दै आएका छन्। उक्त गाडीको नेपाली बजार मूल्य २ करोड ५७ लाखदेखि ३ करोड २४ लाख रुपैयाँसम्म पर्छ। यो गाडी २९ सय ८३ इन्जिन क्षमताको हो। त्यस्तै गृहमन्त्री रामबहादुर थापा बादलले मित्सुबिसीको पजेरो चढ्दै आएका छन् भने शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणी पोख्रेल पनि मित्सुबिसीकै पजेरो स्पोर्टस्मा सयर गर्छन्। 

सहरी विकास मन्त्रीका लागि राखिएको गाडी राज्यमन्त्री रामवीर मानन्धरले चढ्दै आएका छन्। उनले फोर्डको इन्डेभर चढ्दै आएका छन् भने खानेपानी मन्त्री बिना मगरले पनि सोही मोडलको गाडी चढ्छिन्। उद्योगमन्त्री लेखराज भट्टले टोयोटाको र्‍याभ फोर गाडी चढ्ने गरेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षामान पुनले फोर्ड इन्डेभर र बिवाइडीको इलेक्ट्रिक गाडी चढ्दै आएका छन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले टोयोटा फर्चुनर र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले महिन्द्रा स्कर्पियो चढ्ने गरेका छन्। 

अपवादमा श्रम र खेलकुदमन्त्री
अधिकांश मन्त्रीहरुले सरकारले तोकेकोभन्दा बढी इन्जिन क्षमता र विलासी गाडी चढ्दै आएका छन्। तर उक्त सूचीको अपवादको रुपमा रहेका छन् श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादव र युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा रहेका छन्। श्रममन्त्रीले सुविधामा पाएको महिन्द्रा स्कर्पियो १९ सय ९९ देखि २२ सय सिसीसम्म इन्जिन क्षमताको गाडी हो भने यसको नेपाली बजार मूल्य ४८ लाख ८५ हजारदेखि ७१ लाख रुपैयाँसम्म रहेको छ। 

त्यस्तै युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले टाटाको सफारी स्ट्रोम चढ्दै आएका छन्। यो गाडी २१ सय ७९ सिसी इन्जिन क्षमताको हो भने यसको मूल्य ६७ लाख ९९ हजार र ७३ लाख ९९ हजार रुपैयाँ पर्छ।

श्रममन्त्रीको पनि वैकप्लिक गाडी सफारी स्ट्रोम नै रहेको छ। त्यसैले वर्तमान सरकारले मन्त्रीहरुमध्ये श्रम र खेलकुद मन्त्रीले मात्र तुलनात्मक रुपमा सस्तो गाडी प्रयोग गरेका छन्। 

Xtrem

Xtrem

कसको कस्तो गाडी?

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको मर्सिडिज बेन्ज। 

ऊर्जामन्त्री वर्षमान पुनको फोर्ड इन्डेभर। 

   

अर्थमन्त्री डा युवराज खतिवडा – टोयोटा ल्यान्ड क्रुजर प्राडो

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको टोयोटा ल्याण्डक्रुजर। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङको टोयोटा ल्यान्ड क्रुजर प्राडो।

ऊर्जमन्त्री पुनको दोस्रो गाडी बिवाइडी। 

स्वास्थ्यमन्त्री भानुभक्त ढकालको ल्यान्डक्रुजर प्राडो। 

श्रममन्त्री रामेश्वर राय यादवको स्कर्पियो

खानेपानी मन्त्री बीना मगरको फोर्ड इन्डेभर।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलको मित्सुबिसी पजेरो स्पोर्ट्स। 

भूमि व्यवस्था, सहकारी तथा गरीबि निवारणमन्त्री पद्माकुमारी अर्याल– ल्यान्ड क्रुजर प्राडो

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठी – टोयोटा ल्यान्ड क्रुजर

शक्तिबहादुर बस्नेत – हुन्डाई कोना इलेक्ट्रिक

 

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाम्फे – टोयोटा ल्यान्ड क्रुजर प्राडो

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट– टोयोटा र्‍याभ फोर

 

गृहमन्त्री रामबहादुर थापाको मित्सुबिसी पजेरो। 

सञ्चारमन्त्रीले चढ्ने ल्याण्डक्रुजर प्राडो

 

कृषिमन्त्री घनश्याम भुसालको ल्याण्डक्रजर प्राडो

     

     
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई – टोयोटा फर्चुनर

 

प्रकाशित मिति: आइतबार, जेठ ४, २०७७  ११:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पार्दै स्वीकृत दरभन्दा बढी शुल्क लिने तथा उपभोक्तालाई मर्कापर्... शनिबार, असोज २४, २०८३
यस्तो छ आज विदेशी मुद्राको भाउ राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । शनिबार, असोज २४, २०८३
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
इतिहासको ब्याज खाएर बस्दैनौँ, आजैबाट कांग्रेस बदल्छौँ : गगन थापा शनिबार, असोज २४, २०८३
केपीएल : देविदत्त बटालियन र नेपाल पुलिस क्लब फाइनलमा शनिबार, असोज २४, २०८३
ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु शनिबार, असोज २४, २०८३
काेशी प्रदेश सभाकाे चालु अधिवेशन अन्त्य शनिबार, असोज २४, २०८३
सरकारी सञ्चारमाध्यमबाट हटाइएका पत्रकारलाई पुनर्बहाली गर्न महासंघको माग शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्