• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ४, २०८३ Wed, Oct 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

सरकारी गाडी दुरुपयोग- ३ : लोकदर्शन रेग्मीले चढाएका थिए सहसचिवलाई टुसान

64x64
शिव बोहरा बिहीबार, जेठ १, २०७७  १४:५६
1140x725

काठमाडौं- अर्थ मन्त्रालयले आफ्ना सहसचिवहरूलाई फक्सवागन पोलो गाडी उपलब्ध गराएको थियो। सहसचिवसम्मका कर्मचारीले १ हजार सिसी क्षमतासम्मका गाडी चढ्न पाउने नियमअनुसार नै यो सुविधा दिइएको थियो। 

तर, २०७२ सालमा अर्थका सहसचिवहरूले चढ्ने गाडी फेरियो। फक्सवागन पोलोबाट सहसचिवहरू हुन्डाई टुसानमा उक्लिए। अर्थात् १ हजार सिसीको पोलो चढिरहेका उनीहरू २ हजार सिसीको टुसान चढ्न थालेका थिए। सहसचिवहरू टुसानमा उक्लिएपछि पोलो चढ्ने अवसर उपसचिवहरूले पाए। अहिले अर्थ मन्त्रालयअन्तर्गतका सबै उपसचिवहरू एउटा-एउटा गाडी चढ्छन्। 

बजेट तर्जुमा दिग्दर्शनमा सहसचिवले १ हजार सिसीसम्मको गाडी सुविधा उपलब्ध गराउने व्यवस्था गरिएको छ। तर सरकारले तोकेको मापदण्डअनुसारको गाडी सुविधा उपयोग गर्ने बहालवाला सहसचिव सायदै भेटिएलान्। अधिकांश मन्त्रालयका उपसचिवहरुसमेत एउटा-एउटा गाडी चढेर हिँडिरहेका छन्। 

विकासे मन्त्रालय तथा विभागका सहसचिव तथा उपसचिवले त मन्त्रीले पाउनेभन्दा बढी विलासी कार चढ्ने गरेका छन्। सबै मन्त्रालयलका सचिवले समेत आफूले पाउने भन्दा बढी इन्जिन क्षमता तथा मूल्यका विलासी गाडी सुविधामा लिएकाले उनीहरू सहसचिव र उपसचिवले लिएको गाडी सुविधाको बारेमा बोल्दैनन्। 

लोकदर्शन रेग्मी अर्थसचिव भएपछि उनले सहसचिवहरूले पाउने सुविधाको सवारी साधन फेरिदिएका थिए। उनको कार्यकालमा अर्थ मन्त्रालयले ९ वटा हुन्डाई टुसान गाडी किनेको थियो। त्यसमध्ये एउटामा अहिले उनी आफैँ सवार छन्। 

अर्थले त्यतिबेला किनेका टुसान गाडी बा २ झ १९९७ देखि बा २ झ २००५ नम्बरमा दर्ता भएका छन्। यसमध्ये एउटा मुख्यसचिव र एउटा आन्तरिक राजस्व विभागका महानिर्देशक चढ्छन् भने बाँकी मन्त्रालयमै छन्। नयाँ दरबन्दी तेरिजअनुसार मन्त्रालयमा सहसचिवको दरबन्दी बढेकाले क्रेटा पनि दिइएको छ। 

यो पनि पढ्नुहोस्

सरकारी गाडी दुरुपयोग-२ : ‘मितव्ययी’ अर्थमन्त्री नै सुविधाभोगी, परराष्ट्रमन्त्री चढ्छन् मर्सिडिजबुधबार, वैशाख ३१, २०७७

लोकदर्शन रेग्मीले त्यतिबेला गरिद गरेको हुन्डाई टुसान एसयुभी नेपाल सरकारको मुख्यसचिव हुँदासमेत त्यही गाडी चढ्दै आएका छन्। मुख्यसचिवका लागि दुईवटा गाडी सुविधामा भएपनि अर्थ मन्त्रालयमा हुँदा खरिद गरेको मध्ये बा २ झ २००५ नम्बरको हुन्डाई टुसान एसयुभी नै चढ्ने गरेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

विगतमा उपसचिवहरू स्टोरको तथा जगेडामा रहेका गाडी घर लिएर जान डराउने गरेको एक कर्मचारीले बताए। ‘२०६० ताकासम्म मन्त्रालयमा भएको स्टोर तथा जगेडामा रहेका गाडी व्यक्तिगत रूपमा प्रयोग गर्दा अख्तियार लाग्छ भनेर डराएर मन्त्रायलमै गाडी छाडेर जान्थे,’ अर्थका ती कर्मचारीले भने, ‘तर अहिले सहसचिवले नै निकै विलासी गाडी चढ्छन्। त्यस्तै अधिकांश उपसचिवहरूले गाडी चढ्ने गरेको देखेको छु।’ 

विकासे मन्त्रालय तथा आयोजना र अर्थ मन्त्रालयमा रहेका सबै उपसचिवले एक जनाले एउटा गाडी चढ्ने गरेका छन्। रुट मिलाएर एउटा गाडीमा ४/५ जनासम्म जाने हो भने त्यसलाई अस्वभाविक मान्न नहुने अर्थ मन्त्रालयबाट अवकाश पाएका एक सचिवले बताए। ‘तर यहाँ हरेक उपसचिवले एउटा एउटा गाडी त्यो पनि विलासी र महँगो चढेर हिँडेका छन्,’ उनले भने, ‘यो चाहिँ दुरुपयोग नै हो। यसबारे सरकारले बेलैमा कडाइका साथ नियमको पालना गराउन जरुरी भइसकेको छ।’ 

यस्तो थियो विगत
विगतमा ३/४ जना सहसचिवले नै एउटा गाडी चढ्ने गरेका थिए। तत्कालीन सहसचिव डिल्लीराज उप्रेती, पुरुषोत्तम सुवेदी र शिवगोपाल रिमालले एउटै गाडी चढ्थे। ‘यी तीन सहसचिव त्यतिबेला एउटै रुटमा बस्थे र उनीहरुलाई एउटै गाडीले छाड्थ्यो,’ अर्का एक पूर्वसचिवले भने, ‘डिल्लीराज हुकुमप्रमाङ्गीबाट आएका थिए भने पुरुषोत्तम सुवेदी डेमेक्रेटिक धारका थिए। उनीहरुको बोलचालसमेत थिएन तर एकै सवारीमा आउजाउ गर्थे।’ 

माथीको उदाहरण हेर्ने हो भने सबैभन्दा बढी लोकतन्त्र र सुविधा भोग निजामती सेवाका कर्मचारीलाई नै आएको देखिन्छ। बहालवाला मुख्यसचिव रेग्मी अर्थ मन्त्रालयको सचिव हुँदा २ हजार सिसीको हुन्डाईको टुसान गाडी खरिद गरेको विषय नजिरकै रुपमा स्थापित भयो। त्यसपछि सहसचिवका लागि खरिद गरिएका अधिकांश सवारी एक हजार सिसीभन्दा बढी क्षमताका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यो पनि पढ्नुहोस्

सरकारी गाडी दुरुपयोग-१ : आफैंले बनाएको नियम मान्दैन सरकारमंगलबार, वैशाख ३०, २०७७

बजेट तर्जुमा दिग्दर्शनको आठौं संस्कारणमा कुन श्रेणीका कर्मचारी तथा पदाधिकारीले के कस्तो सवारीसाधन सुविधा पाउने भन्ने व्यवस्था गरिएको छ। उक्त दिग्दर्शन सरकारले सबै वर्गका कर्मचारी तथा पदाधिकारीले एकै किसिमका सुविधा पाउन र सरकारी खर्चमा सेवा उपयोगमा एकरुपता आओस् भनेर जारी गरेको हो।

दिग्दर्शनको शीर्षक ३११२१ मा सवारी साधनबारेमा उल्लेख छ। सहसचिवका लागि १ हजार सिसीसम्मको गाडीको दिइने सो दिग्दर्शनमा उल्लेख गरिएको छ। यो निश्चित पदाधिकारीका लागि व्यक्तिगत सुविधाको रुपमा प्रयोग गर्न पाउने सावरी हो। 

सरकारले सवारी सुविधाको विषयमा अध्ययन गरिरहेको अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता उत्तरकुमार खत्रीले बताए। ‘सरकारी सवारी सुविधाको उपयोगको विषयमा प्रश्नहरू उठिरहेका छ,’ उनले भने, ‘सो समस्था समाधानका लागि अर्थ मन्त्रालयले अध्ययन गरी अन्तिम रूप दिने चरणमा रहेको छ।’ 

प्रकाशित मिति: बिहीबार, जेठ १, २०७७  १४:५६
  • #सरकारी_गाडी_दुरुपयोग

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शिव बोहरा
बोहरा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
चक्रपथको दोस्रो खण्ड विस्तार : महाराजगञ्जलाई छोडेर अन्यत्र काम अघि बढाउन चीनलाई आग्रह
मोटरसाइकल कार्यालयको आफ्नै भवन बन्‍न नदिन यातायात विभागको भाँजो
लय समात्‍ने प्रयासमा निर्माण क्षेत्र, रुग्ण आयोजना समस्यामै
सम्बन्धित सामग्री
३ हजारको सामान किनिन्, सन्तमायालाई पर्‍यो १० लाखको चिठ्ठा नुवाकोटस्थित एसएस फेन्सी हाउसबाट सामान खरिद गरेपछि बिल लिएकी तामाङको कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथाबाट छनोट भएको हो। आइतबार, कात्तिक १, २०८३
करदाता प्रोत्साहन उपहार आज घोषणा हुँदै, दीपकराज र दीपाश्रीले विजेता छान्ने असोज १६ गतेदेखि मसान्तसम्मको अवधिका लागि सञ्चालन गरिएको यस चरणमा कुल १७ जना विजेता छनोट गरिने आयोजकले जनाएको छ। आइतबार, कात्तिक १, २०८३
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार शनिबार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६४ पैस... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका बुधबार, कात्तिक ४, २०८३
दसैंको शुभकामना दिंदै प्रधानमन्त्री शाहले भने- भ्रष्टाचार हटाउन एकजुट हुनुपर्छ बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सुरक्षा व्यवस्थापनमै बित्छ प्रहरीको दशैं, मासु पनि खान पाइँदैन ‘सजिलै’ बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्