काठमाडौं- नेपाली सेनाले सैनिक व्यक्तिहरुको हिँडडुलमाथी निगरानी तथा सैनिक पोशाकको दुरुपयोग हुन नदिने उद्देश्यका साथ नेपाली सेनाले उपत्यकाका विभिन्न स्थानहरुमा चेकजाच सञ्चालन गरेको बताएको छ।
आइतबार जारी विज्ञप्तिमा जेठ ४ गते उपत्यका भित्रका विभिन्न स्थानहरुमा ट्राफिक प्रहरीसँगको समन्वयमा सैनिक सवारी साधन र सैनिक पोशाक लगाउने सैनिक व्यक्तिहरुको चेकजाँच गरिएको उसले बताएको छ।
आइतबार सैनिक पोशाक लगाउने भगौडालाई कारबाही अघि बढाएको सेनाको भनाई छ। ‘सोहि चेकजाँचको क्रममा दोलखा जिल्ला घर भई हाल बाँसबारी ईलाकामा होटल व्यवसाय गर्दै आएका गैर सैनिक व्यक्ति सुशील खड्काले सैनिक पोशाक लगाई सवारी साधन प्रयोग गरी बाँसबारी ईलाका तर्फ जाने क्रममा सोधपुछ गर्दा निजले आफू गैरसैनिक व्यक्ति भएको बताएको र अनुसन्धानको सिलसिलामा निज व्यक्ति नेपाली सेनाको सैन्य आधार तालिममा रहँदा २०६८ सालमा भगौडा परेको भनी खुल्न आएकोले निजलाई सैनिक प्रहरी गणमा निगरानीमा राखी आवश्यक कारवाही अघि बढाएको छ’, विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।