विराटनगर- विराटनगर महानगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि रोजगार उपभोक्ता समिति गठन गर्ने भएको छ।
विभिन्न वडा कार्यालयमार्फत प्रधानमन्त्री रोजगार कार्यक्रममा आबद्ध हुन सूचीकृतहरु मध्येबाट उपभोक्ता समिति मञ्च गठन गरिने विराटनगर महानगरपालिकाले जनाएको छ।
समितिमा रहन चाहनेहरुले ५ दिनभित्र नामावलीको सूचीसहित आवश्यक कागजात सम्बन्धित रोजगार सेवा केन्द्रमा पेश गर्न महानगरले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।