काठमाडौं- दक्षिण बंगालको खाडीको मध्य भागमा एक शक्तिशाली चक्रवाद विकसित हुँदा मंगलबारदेखि पूर्वनेपालबाट त्यसको असर देखिने भएको छ।
मंगलबारदेखि उक्त चक्रवादको असर देखिएपछि बुधबार, बिहीबार र शुक्रबार देशैभर वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभाग पूर्वअनुमान महाशाखाले जनाएको छ। दक्षिण बंगालको खाडीमा बन्दै गरेको अंपुन नामको शक्तिशाली चक्रवाद विस्तारै थप शक्तिशाली हुँदै गएको मौसमविद् समिर श्रेष्ठले बताए।
‘शक्तिशाली अंपुन चक्रवाद नेपाल प्रवेश गर्दै भारत नेपाल सीमा क्षेत्र र बंगलादेशको क्षेत्र वरिपरी देखिने छ’, मौसम विद श्रेष्ठले भने, ‘चक्रवादले नेपालसम्म असर पर्दा मंगलबार बदली हुनुका साथै छिटपुट वर्षा हुन सक्छ। बुधबार, बिहीबार र शुक्रबार धेरै वर्षा हुनुका साथै पूर्वी र मध्ये क्षेत्रमा अन्य क्षेत्रको तुलनामा धेरै वर्षा हुन्छ।’
शक्तिशाली चक्रवाद भएकाले एक दुई स्थानमा भारी वर्षा हुनुका साथै उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने श्रेष्ठले बताए। आगामी शनिबारदेखि विस्तारै चक्रवादको प्रभाव कम हँुदै जान सक्ने महाशाखाको अनुमान छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।