काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले आफ्नो कमजोरी ढाकछोप गर्न लम्बेतान नीति तथा कार्यक्रम ल्याएको आरोप लगाएका छन्।
प्रतिनिधिसभामा जारी नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै सिंहले सरकारले भ्रस्टचार गर्न दिइँदैन भन्नु हास्यास्पद भएको टिप्पणी गरे। उनले भने, ' असफलता ढाकछोप गर्न नीति कार्यक्रम ल्याइएको छ।'
नेपाली कांग्रेसले सरकार छोडेको बेला अर्थतन्त्र टाट पल्टेको भन्ने नेकपा नेताहरुको तत्कालीन बोलीको प्रतिवाद गरे।
उनले लक्षित विकास खर्च २५ प्रतिशत भन्दा बढी नभएको तथ्यांक पनि प्रस्तुत गरे।
सरकारले नक्सा प्रकाशित गर्ने प्रतिबद्धता जनाए पनि बाहिर नल्याएको भन्दै उनले आपत्ति जनाए।
चुरे संरक्षण संरक्षणमा ल्याइएको नीति तथा कार्यक्रमप्रति भने उनले समर्थन जनाए।
गुठी विरोधी कार्यक्रम ल्याइए मान्य नहुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।