काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम सरकारकै गुणगानमा केन्द्रित रहेको आरोप लगाएका छन्।
संसदमा भएको छलफलमा कोइरालाले निबन्धको शैलीमा नीति तथा कार्यक्रम ल्याइएको टिप्पणी गरे। भूमि समस्यालाई उच्चस्तरको वार्ता गरेर टुंगाउन उनले सरकारसँग आग्रह गरे।
कोरोना संकटलाई प्राथमिकतामा राखिएको नीति तथा कार्यक्रममा उल्लेख भए पनि कार्ययोजना नआएको उनले बताए। प्रतिपक्ष दलले महामारीसँग जुध्न सहयोग गरे पनि सरकारको प्रभावकारिता अपेक्षाकृत नभएको बताए। परीक्षण कीट नहुनु, स्वास्थ्यकर्मीलाई अत्यावश्यक सामग्रीको प्रबन्ध नगर्नुलाई सरकारको असंवेदनशील कार्य भएको कोइरालाले उल्लेख गरे।
अन्य रोगका बिरामीले उपचार नपाएर मृत्यु हुनु परेकोप्रति सरकारको ध्यानाकर्षण गराए।
भ्रष्टचार विरुद्ध सरकारले कारबाही तीव्र पारिएको बताइए पनि भ्रष्टाचारले प्रश्रय पाएको नेता काइरालाले संसदमा बताए।
कृषकको उत्पादन नष्ट हुने तर भारतबाट तरकारी आउनुलाई सरकारको कार्यक्षमता नभएको उनले आरोप लगाए। प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम आफ्ना कार्यकर्ता पोस्ने माध्यम भएको भन्दै निरन्तरता नदिन आग्रह गरे।
साना, मझौला तथा ठूला उद्योग बचाउन नसकिए अर्थतन्त्र धराशायी हुनसक्ने तर्फ सरकारलाई सचेत बनाए। सबैभन्दा प्रभावित पर्यटन क्षेत्रका लागि राहत उत्थानको कार्यनीति नल्याइएको प्रति आपत्ति जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।