काठमाडौं- नेपाली मूलका २२ वर्षीय दिवेश पोखरेल (आर्थर गन) अमेरिकन आइडलको उपविजेता बन्न सफल भएका छन्। अमेरिकामा जारी गायन शो ‘अमेरिकन आइडल’को १९ औं संस्करणमा भोटिङका आधारमा पोखरेल उपविजेता बन्न सफल भएका हुन्।
उनी टप २ मा पुगेपछि नयाँ आइडल छनौट गर्नका लागि एक घण्टासम्मका लागि भोटिङ खुल्ला गरिएको थियो। यसमा सबैभन्दा बढी भोट ल्याएर २१ वर्षीया जस्ट स्याम अमेरिकन आइडलकी विजेता भएकी छन्।
प्रतियोगिताको टप २ मा पुगेका दिवेशले दुईवटा प्रस्तुती दिएका थिए। अमेरिकन आइडलमा उनी आर्थर गनको नामबाट प्रतिष्पर्धा गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।