उदयपुर - प्रदेश नं १ मा एकजना पत्रकारलाई कोरोना सङ्क्रमण भएको छ । उनलाई आजै कोशी कोभिड अस्पताल विराटनगरमा भर्ना गरिएको छ ।
उनको स्वास्थ्य सामान्य रहेको बताइएको छ। उदयपुर जिल्लाबाट करिब अढाइ वर्षदेखि काठमाडौँबाट प्रसारण हुने टेलिभिजनमा कार्यरत पत्रकारकाे स्वाब परीक्षण गर्दा सङ्क्रमण देखिएको नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ समितिका अध्यक्ष विक्रम लुइँटेलले जानकारी दिए।
उदयपुरको भुल्केमा केही दिन पहिले देखिएको कोरोना सङ्क्रमितको समाचार सङ्कलन गर्न उनले स्थलगत रिपोर्टिङ गरेका थिए। उदयपुरमा २६ जना पत्रकारको स्वाब परीक्षण गरिएको छ भने आजदेखि मोरङ र झापाका पत्रकारको पनि स्वाब परीक्षण हुने अध्यक्ष लुइँटेलले जानकारी दिए।
यसअघि वीरगन्जका पत्रकारमा पनि काेराेना देखिएकाे थियाे। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।