घोराही– कोरोना देखिएका गढवा गाउँपालिकाका दुई पुरुषलाई बोक्ने दुई एम्बुलेन्स चालकलाई पनि आजदेखि गढवा गाउँपालिकाले क्वारेन्टिनमा राखेको छ। पालिका अध्यक्ष सहजराम यादवका अनुसार कृष्णनगरबाट गढवा र गढवाबाट लमही अस्पतालसम्म बोकेर लैजाने दुवै एम्बुलेन्स चालकलाई कोरोना संक्रमणको आशंकामा क्वारेन्टिनमा राखिएको हो ।
गढवाका ३६ वर्षीय र २३ वर्षीय युवक मुम्बईबाट आएकाे गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिए। दुवैलाई कपिलवस्तु जिल्लाको कृष्णनगरमा रहेका छुट्टाछुटै क्वारेन्टिनबाट गढवा गाउँपालिकाले एम्बुलेन्सबाट सीधै क्वारेन्टिनमा लगेकाे थियाे। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।