काठमाडौ- सरकारले काठमाडौं उपत्यकाभित्र ४ वटा आधुनिक उपसहर निर्माण गरिने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दै यस्तो घोषणा गरेकी हुन्।
उपसहर कुन स्थानमा बनाउने भन्ने कुरा भने नीति तथा कार्यक्रममा उललेख छैन। ठाउँ पहिचान गरी विस्तृत योजना भने बजेटमा आउनेछ। काठमाडौं नजिकका ठाउँलाई उपसहर बनाउने उल्लेख गरिएको छ।
यसअघि पनि सरकारले काठमाडौं नजिक उपसहर बनाउने बताउँदै आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।