काठमाडौं- सरकारले आगामी आर्थिक वर्षमा अमलेखगंजदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने भएको छ। शुक्रबार सार्वजनिक गरिएको वार्षिक नीति तथा कार्यक्रमअनुसार नयाँ पाइपलाइन निर्माणका लागि पहल गरिने जनाइएको हो।
त्यस्तै आगामी आर्थिक वर्षमा भारतको सिलुगुडीदेखि झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइनको अध्ययन सम्पन्न गरी निर्माण प्रकृया अगाडि बढाइनेछ। चितवन, झापा र सर्लाही जिल्लामा पेट्रोलियम पदार्थ भण्डारण निर्माण कार्य सुरु गरिनेछ। झापा र धनुषामा ग्यास बोललिङ प्लान्ट निर्माण कार्य अगाडि बढाइने भएको छ।
भारतको मोतीहारीदेखि बाराको अमलेखगंजसम्म पेट्रोलियम पाइपलाइन संचालनमा आइसकेको छ। यसबाट पेट्रोलियम पदार्थ ढुवानीमा सहज हुनुका साथै लागत पनि कम भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।