काठमाडौं- सरकारले सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण गर्न अभियान चलाउने भएको छ। संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दे राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी, सार्वजनिक र गुठी जग्गामा रहेको अतिक्रमण हटाउन अभियान चलाउने जानकारी गराइन्।
सरकारी, सार्वजनिक र गुठी जग्गामा रहेको अतिक्रमण हटाएर संरक्षण र उपयोग गर्न प्रदेश, स्थानीय तह र समुदायको समवन्यमा समुदायको सक्रियता गराइने नीति तथा कार्यक्रममा उल्लेख छ। गत वर्ष सरकारले ल्याएको गुठी विधेयकको उपत्यकाबासीले विरोध गरेपछि संसदबाट फिर्ता भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।