काठमाडौं- विश्वभर कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार मृत्यु हुनेको संख्या ३ लाख २ हजार २५ छ।
मृत्यु हुनेहरुको देशमा अमेरिकामा सबैभन्दा माथि छ। त्यहाँ ८५ हजार* ८ सय १३ को मृत्यु भइसकेको छ। त्यस्तै, बेलायतमा ३३ हजार ६ सय ९३, इटालीमा ३१ हजार ३ सय ६८, फ्रान्समा २७ हजार ४ सय २८ को मृत्यु भइसकेको छ।
यसैबीच, विश्वभर ४४ लाख ३७ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण फैलिएको देशको सूचीमा पनि अमेरिका नै अग्रस्थनमा छ। त्यहाँ १४ लाख १६ हजार ५ सय २८ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, रुसमा २ लाख ५२ हजार २ सय ४५, बेलायतमा २ लाख ३४ हजार ४ सय ३९, स्पेनमा २ लाख २९ हजार ५ सय ४०, इटालीमा २ लाख २३ हजार ९६ जनामा संक्रमण पुष्टि भएको छ।
विश्वभर १५ लाख ८५ हजार २ सय ८६ जना संक्रमणमुक्त भइसकेका छन्। संक्रमणमुक्त हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। त्यहाँ २लाख ४६ हजार ४ सय १४ जना संक्रमणमुक्त भइसकेका छन्। जर्मनीमा १ लाख ५० हजार ३ सय, स्पेनमा १ लाख ४३ हजार ३ सय ७४, इटालीमा १ लाख १५ हजार २ सय ८८ जना संक्रमणमुक्त भएका छन्।
नेपालमा भने २ सय ४९ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये ३५ जना संक्रमणमुक्त भएका छन्।
* अमेरिकामा मृत्यु हुनेको संख्या ८५ हजार हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ- सं
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।