• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ १८, २०८२ Sun, Feb 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
श्रम-रोजगार

पर्यटन क्षेत्रका ८ लाख मजदूरको रोजगारी गुम्यो

सरकारसँग दीर्घकालीन रोजगारीको माग गर्दै युनिट्राभ
64x64
निर्मला घिमिरे शुक्रबार, जेठ २, २०७७  ०७:२२
1140x725

काठमाडौं- विश्वमा महामारीका रुपमा फैलिएको कोभिड १९ (कोरोना भाइरस) का कारण पर्यटन क्षेत्रका ८ लाख मजदूरको रोजगारी गुमेको छ। 

कोरोनाका कारण होटल क्षेत्रका मात्रै ५ लाख र बाँकी पथप्रदर्शकलगायतका क्षेत्रमा ३ लाख गरी ८ लाख मजदूरहरुको रोजगारी गुमेको पर्यटन मजदूरहरुको संगठन युनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले बताए। 

‘कोरोनाका कारण होटल क्षेत्रका ५ लाख र टुरिस्ट गाइड, र्‍याफ्टिङलगायत क्षेत्रका ३ लाख श्रमिकहरु महिनौंदेखि बेरोजगारी बस्नुपरेको अवस्था छ’ युनिट्राभका अध्यक्ष पराजुलीले नेपाल लाइभसँग भने। 

पर्यटन क्षेत्रका श्रमिकहरु महिनौंसम्म बेरोजगारी भएर बस्नुपर्दा निकै ठूलो समस्या निम्तिएपछि युनिट्राभले राहत र दीर्घकालीन रोजगारी सिर्जनाका लागि सरकारसँग आग्रह गरेको छ। 

त्यस्तै पर्यटन क्षेत्रमा रोजगारी गुमाएका श्रमिकहरुलाई स्वरोजगार बन्न आवश्यक ऋणको माग पनि मजदूर संगठनले गरेको छ।

तर अहिलेसम्म पर्यटन मजदूरका लागि सरकारले कुनै पनि राहत प्याकेज घोषणा गरेको छैन। ठूलाठूला होटलहरुले ६ महिना होटल सञ्चालनमा ल्याउन नसक्ने घोषणा गरिसकेका छन्। विश्वमा भयावह बन्दै गएको कोरोना संक्रमणको प्रभाव कहिलेसम्म रहन्छ भन्ने आंकलन गर्न सक्ने अवस्था छैन। जसले गर्दा कोरोनाको प्रभाव पर्यटन क्षेत्रमा कहिलेसम्म पर्छ भन्ने यकीन समेत गर्न सकिएको छैन। 

तर कोरोना संक्रमणको अवस्था यसरी नै बढ्दै जाने हो भने पर्यटन क्षेत्र पहिलेकै अवस्थामा आउन बर्षौं लाग्ने विज्ञहरुको टिप्पणी छ।

अहिले पर्यटन क्षेत्रका रोजगारदाता तथा लगानीकर्ताहरु आफैं पनि टाट पल्टिने अवस्था रहेको उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा बताउँछन्। 

Ncell 2
Ncell 2

‘यतिबेला पर्यटन उद्योगीहरुको ठूलो ठूलो लगानी डुबेको छ। जसले एउटा निकै ठूलो चुनौती थपेको छ। पर्यटन क्षेत्र धरापमा परेसँगै ठूलो संख्यामा बेरोजगारी सिर्जना भएको छ’ वरिष्ठ उपाध्यक्ष गोल्छा भन्छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरोना भाइरसका कारण उद्यम, व्यवसाय तथा रोजगारीको क्षेत्रमा परेको प्रभाव र न्यूनीकरणका सम्बन्धमा छलफल गरिरहेको जानकारी दिएको छ। 

गत आइतबार पनि श्रम मन्त्रालयमा श्रमिक तथा उद्योगी व्यवसायीहरुको व्यवसायजन्य सुरक्षाका सम्बन्धमा मन्त्री रामेश्वर राय यादवको संयोजकत्वमा रोजगारदाता परिषद्को बैठक बसेको थियो। 

सो बैठकमा राहत, छुट तथा उद्यम व्यवसाय सञ्चालनमा आवश्यक पर्ने सुविधा वितरणलगायतका विषयमा जोड दिइएको थियो। मन्त्रालयले सरकार, रोजगारदाता, श्रमिक तथा सम्बन्धित सबै सरोकारवालाहरुको सहकार्यमा कोरोना भाइरस महामारीको सामाना गर्ने निष्कर्ष निकालेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता सुमन घिमिरेले जानकारी दिए। 

कोरोनाका कारण श्रम क्षेत्रमा देखा परेका समस्या, असर, प्रभाव, पारिश्रमिक भुक्तानीसहित रोजगारी निरन्तरतालगायत विषयमा अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन उपायहरु अबलम्बन गर्नका लागि श्रम मन्त्रालयका महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन भएको सहसचिव घिमिरेले बताए। 

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, श्रम मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, कृषि मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघ, विभिन्न रोजगारदाताहरु, संयुक्त ट्रेड युनियन समन्वय समितिलगायत सबै सरोकारवालाहरुको कार्यदल गठन भएको र समस्या पहिचानको कार्य सुरु गरिएको सहसचिव घिमिरेको भनाइ छ। 

रोजगारदाता तथा श्रमिकका समस्या  पहिचान गरी समाधानका लागि आवश्यक कदम चाल्ने मन्त्रालयको भनाइ छ। 

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०७७  ०७:२२
  • #पर्यटन
  • #रोजगार
  • #श्रम

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
निर्मला घिमिरे
नेपाल लाइभकी वरिष्ठ संवाददाता घिमिरे श्रम, रोजगारी तथा सामाजिक सुरक्षा बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
आफूसँग सीप छ, स्वदेशमै सबथोक छ
कृषिमा वैदेशिक लगानी कति आवश्यक?
निर्दयी परदेशले छोरा चुँड्यो, बुढेसकालमा एक्ल्याइदियो
सम्बन्धित सामग्री
नेपाल-साउदी श्रम सम्झौतामा हस्ताक्षर सम्झौतामा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी र साउदीका समकक्षी मानव संसाधन र सामाजिक विकासमन्त्री अहमद वि... सोमबार, माघ १२, २०८२
सरकारी विज्ञापनको भुक्तानीमा तेस्रो पक्षको बिल अनिवार्य पेश गर्न निर्देशन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार (मंसिर ७) मा प्रधानमन्त्री कार्यालयलाई पत्र पठाउँदै सरकारी विज्ञापनमा हुने अनियमितता नियन्... सोमबार, मंसिर ८, २०८२
‘कोदो गरिबको खाना’ भनेर हेप्ने दिन गए केन्द्रका अनुसार म्याग्दीको दुई हजार ७५० हेक्टर क्षेत्रमा वार्षिक तीन हजार ३०० मेट्रिक टन कोदो उत्पादन हुन्छ। समुद्री सतहदेखि तीन हज... आइतबार, कात्तिक ३०, २०८२
ताजा समाचारसबै
पत्रकार दिनेश सिटौलाको निधन आइतबार, माघ १८, २०८२
महोत्तरी-२ : उम्मेदवारसँग मतदाताको गुनासा- बर्खामा डुबान र हिउँदमा पानीको हाहाकार आइतबार, माघ १८, २०८२
सुशासन, उत्पादनमुखी र युद्ध अर्थतन्त्रबाट मुक्त हुने घोषणा पत्र ल्याउँछौ : देव गुरुङ आइतबार, माघ १८, २०८२
आर्थिक विषयलाई प्राथमिकता दिनुपर्नेमा अध्यक्षको ढकालको जोड आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
आज यी तीन प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना आइतबार, माघ १८, २०८२
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्