काठमाडौं- चन्द्रागिरी नगरपालिकाको दहचोकका सात वर्षीय बालकलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ। योसँगै कुल संक्रमितको संख्या १ सय ४९ पुगेको छ र काठमाडौंमा मात्र ७ जना पुगेको छ। बिहीबार बिहान एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो।
यसरी संक्रमित हुनेका ३ जना चन्द्रागिरी नगरपालिकाका रहेका छन्। सबैभन्दा धेरै संक्रमित पर्सामा रहेका छन्। पर्सामा ८५ जना कोरोना संक्रमित रहेका छन् भने उदयपुर दोस्रो नम्बरमा रहेको छ। उदयपुरमा अहिलेसम्म ३२ संक्रमित फेला परेका छन् भने कपिलवस्तुमा ३० जना फेला परेका छन्।
त्यस्तै बाँकेमा २४ र रुपन्देहीमा १६ जना संक्रमित रहेका छन्। भक्तपुरमा २ जना रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।