काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई जिल्ला प्रशासन कार्यालय झापाले काठमाडौं आउनकाल लागि दिएको सवारी पास रद्द भएको छ। जिल्ला प्रशासन कार्यालय झापाले बिहीबार नै जारी गरेको पास गृह मन्त्रालयले निर्देशनपछि प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले पास रद्द गरेका हुन्।
निजी भ्रमणमा झापा पुगेका पूर्व राजदम्पत्ति लकडाउनसँगै झापामा नै रोकिएका थिए। लकडाउन लम्बिँदै गएपछि उनीहरु काठमाडौं आउनका लागि पास लिएका थिए।
पूर्वराजाका सहयोगीले इमेलमार्फत अनुमतिपत्रका लागि निवेदन दिएपछि जिप्रकाले तत्काल उपलब्ध गराएको थियो।
गृहले सहमति दिनासाथ तुरुन्तै ई-पास उपलब्ध गराउने प्रशासन कार्यालयले जानकारी दिएको छ। चैत ११ गतेदेखि सरकारले लकडाउन गरेपछि उनीहरु फर्किन सकेका छैनन्।
झापामा पूर्वराजपरिवारको चियाबगान छ। अहिले उनीहरु त्यहीँ रहेको घरमा बसिरहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।