विराटनगर- प्रदेश १ पिसिआर विधिबाट दुई हजार ९ सय १९ जनाको परीक्षण भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबारसम्म २ हजार ९ सय १९ जनाको पिसिआर परीक्षण भएको जानकारी दिएको हो।
हालसम्म प्रदेश १ मा ३५ जनामा कोरोना पुष्टि भएको छ भने १७ जना उपचारपछि घर फर्किएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जनाएको छ।
सरकारले खडा गरेको कोरोना जनसुरक्षा कोषमा बिहीबारसम्म २९ करोड २६ लाख ५० हजार ८ सय ६३ रुपैयाँ जम्मा भएको छ। खर्च निकासा कट्टा गरी जम्मा बाँकी हुन आउने रकम १४ करोड १७ लाख ५० हजार ७ सय १३ रुपैयाँ छ।
प्रदेश सरकारले कोरोना परीक्षणलाई तीव्रता दिएको दाबी गरे पनि अपेक्षित रूपमा परीक्षण बढाउन भने सकेको छैन। प्रदेश १ का ३ ठाउँबाट पिसिआर विधिबाट कोरोना परीक्षण भइरहे पनि परीक्षण संख्या बढाउन नसकेको भन्दै सरकारको आलोचना समेत हुन थालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।