काठमाडौं- वैदेशिक रोजगार बोर्डको सचिवालयले विदेशमा समस्यामा परेका नेपाली श्रमिकहरुको सहजीकरणका लागि ७० लाख रकम पठाएको छ। परराष्ट्र मन्त्रालयमार्फत सोे रकम नेपाली श्रमिकहरुका प्रमुख गन्तव्य मुलुकहरुमा पठाइएको बोर्डले जनाएको हो।
विशेषगरी खाद्यान्न तथा बासको समस्यामा परेका नेपाली श्रमिकहरुको सहजीकरणका लागि उक्त रकम दूतावासमा पठाइएको बोर्डले उल्लेख गरेको छ।
मलेसिया, साउदी, युएईलगायतका मुलुकहरुमा कार्यरत श्रमिकहरुलाई खाद्यान्नकै समस्या भएको गुनासो दूतावासमार्फत आएपछि बोर्डले सो रकम पठाएको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।