काठमाडौं- पर्साको विरगञ्जको नारायणी अस्पतालमा बिरामी धेरै भएपछि सिद्धार्थ माध्यमिक विद्यालयमा राखिएको छ। अस्पतालमा बिरामी राख्न सक्ने अवस्था नभएपछि १६ जना संक्रमितलाई विद्यालयमा राखिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए।
बिरामीलाई विद्यालयमा निर्माण गरिएको सेमीआइसोलेसन वार्डमा राखिएको उनले बताए। कोरोना संक्रमित पुष्टि भएको २४ घण्टा बित्दा समेत उनीहरू घरमै बसेका थिए।
बुधबार राति थपिएका ३ जना वीरगञ्ज महानगरपालिका १६ वर्षीय‚ मुर्लीका १५ वर्षीय‚ इनरुवाका ७४ वर्षीय पुरुष र एक जना ३६ वर्षीया स्वास्थ्यकर्मी रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।