काठमाडौं– दार्चुलाको छाङ्गरुमा १ सय ६५ जनाको सशस्त्र प्रहरीको गुल्म राख्ने तयारी भएको छ।
गृहमन्त्रालय स्रोतका अनुसार हिजो बुधबारमात्रै राखिएको सशस्त्रको बोर्डर आउट पोस्ट (बिओपी नजिक १६५ जनाको सशस्त्रको गुल्म राख्ने तयारी सुरु गरिएको हो। छाङ्गरुमा १५ रोपनी जग्गामा ९ करोड रुपैयाँको लागतमा गुल्म स्थापना गर्न लागिएको गृह स्रोतले जनाएको छ।
त्यसका लागि २/४ दिनमै टेण्डर प्रक्रिया सुरु हुने जनाइएको छ। १ सय ६५ जनाको गुल्म राखिएपछि सोही गुल्म मातहत तिंकर र कौवामा थप बिओपी राख्ने तयारी भएको गृहले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।