काठमाडौं– काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुनः देखिएपछि लकडाउन थप कडाइ गर्नुपर्ने निष्कर्षमा गृहमन्त्रालय पुगेको छ।
बिहीबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुसहितको छलफलपछि मन्त्रालय सो निष्कर्षमा पुगेको हो। शुक्रबारदेखि बाहिर हिँडडुल गर्नेमाथिको चेकिङमा थप कडाइ गर्नेदेखि नाकामा समेत निगरानी बढाइने गृह मन्त्रालयले जनाएको छ।
यसअघिसम्म लागू भएका सम्पूर्ण पास समेत बिहीबारदेखि खारेज गरेको गृहमन्त्रालयले काठमाडौंमा जोखिम देखिन थालेको भन्दै हरेक वडाको समन्वयमा लकडाउन थप कडा गर्नुपर्ने जनाएको छ। यसअघि खोल्न दिने भनिएका, विभिन्न उद्योग, पसलहरुका बारेमा समेत विचार गर्नुपर्ने बेला आएको छलफलमा सहभागीहरुले बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।