काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या २४६ पुगेको छ।
मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार बिहीबार दिउँसो सवा ४ बजेसम्म नेपालमा २४६ जना संक्रमित भएको पुष्टि भएको हो। यो सँगै देशका २२ जिल्लामा कोरोना संक्रमित भेटिएका हुन्।
सबैभन्दा बढी पर्सामा कोरोना संक्रमित भेटिएका छन्। पर्सामा ८५ जना संक्रमित छन्। यसपछि कपिलवस्तु जिल्लामा ३९ जना संक्रमित भेटिएका छन्। नेपालमा पहिलोपटक गत वर्ष जनवरी २३ मा कोरोना संक्रमित भेटिएका थिए।
हालसम्म देशका विभिन्न स्थानका अस्पतालमा उपचार गरी ३५ जना संक्रमित निको भइसकेका छन्। निको भएकामध्ये ३ जनामा पुनः संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।
हालसम्म सबैभन्दा कम उमेरका २ महिने शिशुमा र सबैभन्दा बढी ८१ वर्षीया वृद्धामा नेपालमा कोरोना संक्रमण पुष्टि भएको छ।
अब हेरौं कुन जिल्लामा कति संक्रमित पुष्टि भएका छन् भन्नेबारे तलको चार्टमा:
| जिल्ला |
कोरोना संक्रमित संख्या |
| पर्सा |
८५ |
| उदयपुर |
३२ |
| कपिलवस्तु |
३९ |
| बाँके |
२५ |
| रुपन्देही |
२८ |
| कैलाली |
४ |
| काठमाडौं |
५ |
| रौतहट |
३ |
| बारा |
३ |
| बाग्लुङ |
२ |
| चितवन |
२ |
| महोत्तरी |
२ |
| झापा |
२ |
| बर्दिया |
१ |
| भोजपुर |
१ |
| कञ्चनपुर |
१ |
| सप्तरी |
१ |
| सर्लाही |
२ |
| धनुषा |
३ |
| धादिङ |
१ |
| भक्तपुर |
२ |
| नवलपरासी |
२ |
| |
|
| जम्मा |
२४६ |
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।