काठमाडौं- ललितपुर उपमहागरपालिका वडा नम्बर ६ ले उक्त वडाभित्र कोठा भाडामा लिएर घर गएका र लकडाउनको समयमा फर्किएमा प्रवेश निषेध गरेको छ।
वडाध्यक्ष हिटलर शाक्यले बिहीबार सूचना प्रकाशित गरि अर्को सूचना नभएसम्म वडाभित्रका घरमा प्रवेश नदिने उल्लेख गरेका छन्।
विदेशबाट फर्केकालाई समेत निषेध गरिएको सूचनामा उल्लेख छ। वडाका घरधनीहरुले आफ्ना भाडावालालाई प्रवेश नदिने जानकारी गराउनसमेत निर्देशन दिइएको छ।
घरधनीहरुले सूचना लुकाई प्रवेश दिएको अवस्थामा घरमा शिलबन्दी गरिने वडा कार्यालयले जनाएको छ। साथै,क्वारेन्टाइनमा लाग्ने सम्पूर्ण खर्च घरधनीले व्यहोर्नु पर्ने र संक्रमित प्रमाणित भएको अवस्थामा घरधनीलाई क्षतिपूर्तिको कारबाही हुने वडाले जनाएको छ।
यस्तो छ सूचना

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।