प्रतीकात्मक तस्बिर
राजापुर- बर्दियाको मधुवन नगरपालिका– ८ शिवदुर्गा माध्यमिक विद्यालय दुर्गापुरमा रहेको क्वारेन्टाइनबाट बिहीबार बिहान एक युवती फरार भएकी छन्। उनी भागेको जानकारी पाउनासाथ खोजी भइरहेको वडाध्यक्ष विजय रानाले बताए।
काममा रहेका प्रहरी शौचालय गएका बेला युवती फरार भएकी हुन्। विद्यालयमा ४३ शय्या रहेकामा विद्यालयको क्वारेन्टाइनमा हाल त्यहाँ पाँच जना मात्र छन्। तीमध्ये चार पुरुष र एक महिला थिए। ती युवती पाँच दिनअघि मात्र बाँकेबाट आएकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।